एजेन्सी/चीनले ताइवानसँगको सीमा क्षेत्रमा सैन्य अभ्यास गरेको छ । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवान आसपासको क्षेत्रमा सैन्य अभ्यास सुरु गरेको हो । चीनले संसारको सबैभन्दा व्यस्त जलमार्गमा सैन्य अभ्यास हुने र लामो दूरीसम्म गोला–बारुद्ध प्रहार हुनेसमेत बताइसकेको छ ।
यो अभ्यासबाट जोगिन ताइवानले आफ्ना जहाजहरूलाई वैकल्पिक मार्ग अपनाउन आग्रह गरेको छ । जापानले छिमेकी मुलुकसँगको हवाई मार्गमा समेत विकल्पको खोजी गरेको छ । यसअघि चीनको चेतावनी बाबजुद पेलोसी मंगलबार ताइवान पुग्नुभएको थियो ।
भ्रमणबाट फर्किँदै गर्दा ताइवानलाई एक्लो नछोड्ने पेलोसीको अभिव्यक्तिपछि चीन थप आक्रोशित देखिएको छ । यसअघि जी सेभेनको बैठकमा चिनियाँ गतिविधिले ताइवान र आसपासका क्षेत्रमा अस्थिरता फैलिन लागेको चर्चा भएको थियो ।
यस्तै सीमा क्षेत्रमा चिनियाँ लडाकु विमानहरूको गतिविधि बढेपछि ताइवानले पनि आफ्नो आकाशमा लडाकु विमानको उपस्थिति बढाएको छ । उसले चिनियाँ लडाकु विमानको निगरानीका लागि वायु सेना परिचालन गरेको उल्लेख गरेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन