पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३, क्याङ्रुङ् गाउँको एक घरमा शनिबार आगलागी हुँदा ९ महिने बालिकाको मृत्यु भएको छ । श्याम बहादुर पल्लीको माटो र ढुङ्गाले बनेको फुसले छाएको एकतले कच्ची घरमा आगलागी हुदा घरमा सुतिरहेकी बालिकाको ज्यान गएको हो ।
बालिकालाई सुताई घरका परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा बालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुुभयो । मृतक बालिकाको शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा पठाईएको छ ।
शनिबार सवा १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको थियो । गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी भएको प्रहरीले जनाएको छ । आगालागीबाट बालिकाको ज्यान जानुको साथै गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरेका छन् ।
प्रहरीका अनुसार गोठमा भएका एउटा बाख्रो र १ वटा भैसी जली मरेका छन् भने १ वटा भैसी आगोले जली घाईते भएको अवस्थामा रहेको छ । आगलागीबाट घर तथा गोठ जली पुर्ण रुपमा नष्ट भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
घरमा रहेको अन्न, लत्ताकपडा, भाँडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको छ । घरमा लागेको आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच