वासिंगटन । अमेरिकी सहर अलाबामाकी ३२ वर्षीया महिला दुई पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् । केल्सी हृयाचरले आफ्नो इन्स्टाग्राम अकाउन्ट ‘डबलुहृयाचलिंग्स’मा आफ्नो कहानी शुक्रबार लेख्नुभएको छ, ‘हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् !’ रोक्सी लैला नामकी जेठी छोरीको जन्म मंगलबार साँझ ७ः४९ बजे भएको हो । अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान ६ः०९ बजे जन्म भएको हो ।
हृयाचरले भन्नुभयो, ‘चिकित्सकले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनी आफ्ना भाइबहिनीहरूसँग छुट्टी मनाउन समयमै आइपुगे ।’ आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । हृयाचरले भविष्यमा गर्भाधानदेखिका सबै विवरण सार्वजनिक गर्ने वाचा गर्नुभएको छ ।
हृयाचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो । यो एक दुर्लभ जन्मजात अवस्था हो जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलालाई असर गर्दछ । उनको गर्भाधानलाई लाखौंमा महिलामध्ये एकजनामा पाइने दुर्लभ घटना भनिएको छ ।
मे महिनामा नियमित आठ हप्ताको अल्ट्रासाउन्डका निम्ति अस्पताल पुगेकी मसाज थेरापिस्ट र पहिले नै तीन सन्तानकी आमा बनिसकेकी हृयाचरले योपटक आफ्नो पेटमा जुम्ल्याहा बच्चा रहेको र त्यो पनि आफ्नो दुर्लभ दुई गर्भाशयमा एक/एकवटा भ्रुण रहेको थाहा पाउनुभएको थियो ।
बर्मिंघमको महिला तथा शिशु केन्द्रस्थित अलाबामा विश्वविद्यालयमा हृयाचरको हेरचाह गर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै गर्भाशयमा गर्भधारण अत्यन्त दुर्लभ छ । हृयाचरका अनुसार, सन् २०१९ मा बंगलादेशमा २० वर्षीया आरिफा सुल्तानाले २६ दिनको फरकमा स्वस्थ जुम्ल्याहा बच्चा जनाएकी थिइन् । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच