प्रधानमन्त्री आफ्नै मन्त्रीहरूका कार्यप्रति असन्तुष्ट रहेको सार्वजनिक रूपमा नै बताइरहनु भएको छ । उहाँले केही मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएको हुँदा फेरबदल गरेर भए पनि परिणाम दिने गरी अगाडि बढ्छु भन्नुभएको छ । यसलाई स्वाभाविक मान्नुपर्छ । किनकि प्रधानमन्त्री देशको कार्यकारी प्रमुखका रूपमा रहेको पद हो । राष्ट्रपति र उपराष्ट्रपति आलंकारिक पद हुन् । ती पदपछिको पद प्रधानमन्त्रीको पद हो । तर कार्य सम्पादनको हिसाबले प्रधानमन्त्री नै सर्वोच्च पदका रूपमा सक्रिय रहने पद हो । यस कारण देशको उच्च कार्यकारी पदमा रहने व्यक्तिले देशका बारेमा चिन्ता गर्नु स्वाभाविक हुन्छ । प्रधानमन्त्री एकजना व्यक्ति हो । त्यसैले प्रधानमन्त्री एक्लैले सम्पूर्ण काम गर्न सक्ने भन्ने कुरा सम्भव हुँदैन ।
त्यही कारणले नै कार्य विभाजन गरेर काम गर्नुपरेको हो । यसो गर्दा जसको भागमा जे काम पर्छ त्यसले त्यही काम गर्छ । कार्य विभाजन भनेको मन्त्रालय विभाजन भन्ने बुझिन्छ । प्रधानमन्त्रीले कसको काम कस्तो छ भनेर अनुगमन गर्ने र निर्देशन दिने हो । आफ्ना मानिसलाई जागिर खुवाउन मन्त्री पदमा विराजमान गराउने होइन । कार्य क्षमताको अभाव भएमा हटाउन मिल्ने गरी त कानुनले व्यवस्था गरेकै हुन्छ । त्यसमा पनि मन्त्रीहरूको कार्यसम्पादनको स्तर हेरर हटाउने वा राख्ने काम प्रधानमन्त्रीले गर्न पाउँछ र गर्नै पनि पर्छ । केही मन्त्रीहरू आफ्ना अभिव्यक्तिले गर्दा विवादमा तानिने गरेका छन् । मन्त्री पदमा बसेर पनि कुनै संघ-संस्था, अतिवादी धार्मिक सम्प्रदायहरूको ताबेदारीमा तल्लीन मन्त्रीहरू यथार्थमा मन्त्री पदमा रहन योग्य मानिँदैनन् ।
त्यस्ता मानिसहरूलाई पदमा राखिराख्नु भनेको साम्प्रदायिकताको पक्षपोषण गर्नु हो । समाजलाई प्रत्यक्ष रूपमा अराजकतातिर धकेल्ने अभिव्यक्ति दिने र आफ्ना अभिव्यक्तिप्रति क्षमायाचना पनि नगर्ने र नैतिकताका आधारमा राजीनामा पनि नगर्ने व्यक्ति पदलोलुप हुन् । यस्ता व्यक्तिहरूले पदको आडमा आर्थिक स्रोत जुटाइदिएर र अन्य विभिन्न ढंगले त्यस्ता अतिवादीहरूको पक्षपोषण गर्ने सम्भावना प्रबल रूपमा रहिरहन्छ । त्यसैले त्यस्ता व्यक्तिलाई पनि प्रधानमन्त्रीले पदबाट हटाउनु उचित हुन्छ । नत्र एउटा वर्गको प्रिय बन्न खोज्दा अरू बहुसंख्यक जनताको संलग्नता भएका संघसंस्था विरोधमा अगाडि सर्न खोज्छन् नै । धरानमा अराजकता नित्याउनेहरूका कारण केही समय देशमा अराजकताका सम्भावना देखिएका थिए र हाल ती साम्य भइसकेको अवस्थामा मन्त्री पदमै रहेका सुदन किरातीले क्रिश्चियन विरोधीलाई हतकडी लगाएर जेल हाल्ने धम्कीपूर्ण अभिव्यक्ति दिएका कारण सम्पूर्ण ओमकार परिवार आन्दोलित बन्न पुगेको छ ।
अरूबाट यस्ता अभिव्यक्ति आए पनि तिनलाई निष्तेज पार्ने प्रयास गर्नुपर्ने पदीय हैसियतमा रहेकाबाटै जातिवादी अतिवादी शैलीका तुच्छ अभिव्यक्ति आउनु विडम्बना नै हो । यस्ता मानिसहरू देशको उच्च र सर्वोच्च पदमा रहुन्जेल उनीहरू विभिन्न आयातीत धर्मको संवद्र्धन र प्रवद्र्धनमा मात्र लाग्नेरहेछन् भन्ने देखिन आएको छ । यसो हुन्जेल उनीहरूको अन्य क्षेत्रमा ध्यान पुग्न सक्दैन र विकास निर्माणका कामहरू अगाडि बढ्न सक्दैनन् । पञ्चायतका िकर्तिनिधि विष्ट, केशरबहादुर विष्टको र प्रजातन्त्र कालकी शैलजा आचार्यको जति उच्च नैतिकता आजका मन्त्रीहरूमा हुने कुरै भएन । कम्तीमा किरातीमा शेरबहादुर तामाङको जति त कुरै छाडौं जनार्दन शर्माको जति नैतिकता त हुनुपथ्र्यो त्यति पनि पाउन सकिएन । उहाँ राजीनामा दिन्न भन्दै हिँड्नुभएको छ ।
प्रधानमन्त्रीले उहाँलाई राजीनामा देऊ भन्न सक्नुभएको छैन । किनभने प्रधानमन्त्री प्रचण्डले पनि हामी कम्युनिष्टहरूको धर्म क्रिश्चियन धर्म नै हो भन्नुभएको थियो । उहाँकै विचारको संवाहक सुदन किरतीलाई उहाँले राजीनामा दिन दबाब दिने कुरै भएन । यस प्रसंगलाई एकातिर राखेर हेर्ने हो भने पनि मन्त्रीहरू आफूले निर्वाचनका बेला खर्च गरेको रकम उठाउन र अर्को निर्वाचनका लागि व्यवस्था गर्नतिर तल्लीन छन् । अपवादमा केही मन्त्रीहरू नरहेका होइनन् । कार्य क्षमता र इमानदारीतालाई मूल्यांकनका आधार बनाउने हो गृहमन्त्री, स्वास्थ्यमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्रीसहित केही मन्त्रीहरू निश्चय अब्बल होलान् । मूल्यांकनको यही आधारमा हेर्ने हो भने धेरैजसो स्वार्थप्रेरित राजनीतिमै संलग्न छन् । त्यसैले आशा गर्ने ठाउँ कम छ । यही कारणले देशको यस्तो दूरावस्था हुन पुगेको हो ।
यस अवस्थामा सुधार गर्ने चाहना हो भने प्रधानमन्त्रीले मन्त्रिमण्डल फेरबदल गर्ने जुन कुरा उठाउनु भएको छ त्यो छिटै गरिहाल्नुपर्ने हुन्छ । यसका लागि कुनै मुलाहिजा गर्ने र कसैलाई काखी च्यापिरहने काम प्रधानमन्त्रीबाट हुनुहुँदैन । प्रधानमन्त्रीबाट हाम्रो मान्छे होइन राम्रो मान्छेलाई जिम्मेवारी दिइनुपर्छ । हाल गठबन्धनको सरकार छ । त्यस कारणले भागबण्डाको कुरा पनि आउँछ नै । भागबण्डा गरेर पदमा लगिने मानिसहरू सबै पार्टीबाट राम्रा आए भनेमात्र समग्र मन्त्रिमण्डल चुस्त र स्फूर्त बन्न पुग्छ । प्रधानमन्त्रीले यसो गर्न हिम्मत गर्नुभयो भनेमात्र उहाँले भनेको जस्तो अवस्था सिर्जना हुनसक्छ नत्र पुनः यस्ता कुराहरू भुलभुलैया मात्र बन्न जान्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच