काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिको लागि संकल्प यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउनु भएको छ ।
सो यात्राको उपलब्धिका सम्बन्धमा आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यात्राले असाधारण सामाजिक सद्भाव समेत कायम गरेको बताउनु भएको हो ।
सो यात्राले राष्ट्रिय रूपमा धेरै सन्देश दिएको बताउँदै अध्यक्ष ओलीले अनेक खालका गलत भाष्यलाई उक्त यात्राले चिर्ने काम गरेको समेत बताउनु भयो ।
अवाञ्छित खालका चिन्तालाई अघि बढाउने प्रयासलाई सो यात्राले असफल बनाएको उहाँको दाबी थियो। ‘सही भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ’, उहाँले भन्नुभयो । जनतामा आएको नैराश्य भाव चिर्नलाई पनि यात्राले निक्कै सहयोग गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'सरकारका असफलताका कारणले पैदा भएका निराशाजन्य कुराहरूले मानिसहरू हतोत्साहित भएको छन्। त्यस स्थितिको फाइदा लिएर अवाञ्छित खालका व्यवहारलाई अगाडि बढाउने प्रयास थियो। त्यो प्रयासलाई यो यात्राले अर्थहीन बनाइदियो। गलत भाष्यहरू तयार गरिएको थियो त्यस्ता भाष्य कहिले कहिले तयार गर्न खोजिन्छ। धेरै पछि पनि त्यस्ता प्रतिगमनलाई फर्काउने प्रयास गर्छन्।'
यो यात्राले राजनीतिक रूपका गलत भाष्यलाई गलत प्रमाणित गरेको ओलीले बताउनुभयो । उहाँले हिंसाका प्रवृत्ति र ढुङ्गा हान्ने कुरालाई पनि यो यात्राले निस्तेज गरिदिएको बताउनुभयो ।
अध्यक्ष ओलीले संकल्प यात्रा सांस्कृतिक उत्सवको यात्रा पनि भएको बताउनुभयो । यसले सांस्कृतिक एकता कायम गर्न सहयोग गरेको उहाँले दाबी गर्नुभयो ।
ओलीले सर्वदलीय बैठकबाट, सर्वपक्षीय बैठकबाट पनि यात्राको क्रममा सुझाव आएकोले यात्रा सबै हिसाबले सफल भएको ओलीले बताउनुभयो । विकासका निम्ति तत् तत् ठाउँमा के के गर्नुपर्छ भन्ने सुझाव यात्राको क्रममा आएको ओलीले प्रष्ट पार्नुभयो ।
नेकपा एमालेले गरेको काम स्थलगत यात्रामा देखिएको ओलीले बताउनुभयो । एमाले सरकारमा हुँदा गरेको काम हेर्न गाउँमा नै छिर्नुपर्छ भन्ने सन्देश यात्राले दिएको उहाँको भनाइ थियो ।
तर युवा पङ्ती देश छाडेर हिँड्नु गम्भीर चुनौती रहेको बताउँदै उहाँले नेपालमा आर्थिक विकासको प्रशस्त सम्भावना रहेको र त्यो सम्भावना यात्राको क्रममा पहिचान गरिएको बताउनुभयो ।
आज एमाले झुलाघाट, बैतडी देखि चिवाभञ्ज्याङ, पाँचथरसम्मको समृद्धिका लागि सङ्कल्प यात्राका विविध अनुभव, समीक्षा, प्रभाव र सन्देशका बारेमा पार्टीका औपचारिक धारणा सार्वजनिक गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै पार्टीका अधिकांश पदाधिकारीहरूको उपस्थितिमा विशेष पत्रकार सम्मेलन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच