काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको १८ दिने झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे विशेष पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर एमालेले सो जानकारी दिएको हो ।
उक्त पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको बताउनु भयो ।
उहाँले मध्यपहाडमा आर्थिक विकासको सम्भावना रहेपनि युवा पलायन मुख्य चुनौती रहेको बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो 'मध्यपहाडमा सम्भावना धेरै छ, तर सबैभन्दा ठूलो चुनौती युवाहरू देशमा नबस्ने र जनसंख्या नै बसाइँ सर्ने, युवाहरू नभएपछि अरु के गरेर बस्ने त्यहाँ ? खेती नभएपछि वन भइहाल्छ ।'
पहाडी बस्तीहरुमा बसाईँसराई ठूलो चुनौतिको रुपमा देखा परेको एमालेको निश्कर्ष रहेको छ ।
यात्राका क्रममा आफ्ना धारणाहरु राख्दा कृषिको आधुनिकीकरण र व्यवसायीकरणको कुरा गर्दा जनता आकर्षित भएको अध्यक्ष ओलीले बताउनुभयो ।
एमालेका नेता(कार्यकर्ता मात्र नभएर अरु पार्टीका नेता-कार्यकर्ता, संघ-संस्था र बौद्धिक जगत संकल्प यात्रासँग आकर्षित र विश्वस्त रहेको समेत उहाँले बताउनुभयो ।
सर्वदलीय बैठक राखेर सर्वसम्मत र सर्वदलीय बैठक बसेर सुझाव दिने काम पनि भएको अध्यक्ष ओलीले बताउनुभयो । विकासका लागि सुझाव र पीरमर्का राख्नुभएको बताउनुभयो ।
सञ्चारकर्मीका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “समस्याका ती विषय राज्यको जुन तह–सङ्घीय, प्रादेशिक या स्थानीय तहसँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ । तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ ।”
उहाँले मध्यपहाडको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, “यस क्रममा हामी विज्ञहरु, जनप्रतिनिधिहरु र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ ।”
बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका अभियानमा ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा यात्रा गर्दै जनसभा, कोणसभा, साना भेला र जमघट, सर्वदलीय र सर्वपक्षीय बैठकहरु, सांस्कृतिक कार्यक्रम र अन्तरक्रियाहरुका माध्यमबाट लाखौँ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिएको एमालेले जनाएको छ ।
हेर्नुहोस् पूर्णपाठ
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच