सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्विन्सल्याण्डमा आइतबार आएको भीषण आँधीबेहरीका कारण हजारौं बासिन्दा विद्युतवहीन भएको स्थानीय पत्रिका ‘द कुरियर मेल’ले जनाएको छ ।
क्विन्सल्याण्ड सरकारको स्वामित्वमा रहेको विद्युत कम्पनी एनर्जेक्सका प्रवक्ताका अनुसार राज्यको दक्षिणपूर्वी भागमा १५ लाख घर र व्यवसायलाई बिजुली वितरण गर्ने कूल १२० पावरलाइनहरू अवरूद्ध भएका छन् र ५७ हजार ग्राहक बिजुलीविहीन भएका छन् ।
लोगान र ब्रिसबेनका केही भागहरूमा क्रिसमसको दिन कम्तीमा मध्याहृनसम्म बिजुलीविहीन हुनसक्ने र अधिकारीले बासिन्दाहरूलाई ब्याक-अप योजनाको बारेमा सोच्न निर्देशन दिएका छन् । एनर्जेक्सका प्रवक्ताले यस क्षेत्रका बासिन्दाहरूलाई क्रिसमस उत्सवहरू सोमबार सुचारु रूपमा चलाउन सुनिश्चित गर्न रेफ्रिजेरेटरहरू चलाउन रोकन र जेनेरेटर प्रयोगलाई बढाउन सुझाब दिनुभएको छ ।
अष्ट्रेलियाली एबिसी न्यूजले शनिबार असामान्य मौसमका कारण क्रिसमसको समयमा पूर्वी अष्ट्रेलियामा आँधीबेहरी आउन सक्ने जनाएको छ । अन्टार्कटिकाबाट निस्केको ध्रुवीय हावा क्रिसमसको पूर्वसन्ध्या (आइतबार)देखि मंगलबारसम्म देशको दक्षिणपूर्वी राज्यहरूमा प्रवेश गर्ने अनुमान गरिएकाले आँधीबेहरीको असर व्यापक हुने अनुमान गरिएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच