सडक दुर्घटनामा दुई जनाको मृत्यु

रासस
Read Time = 2 mins

रामेछाप । रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौंबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार-३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका-१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

खोटाङ जिल्ला तुवाचुङ नपा-२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका-३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मन्थली नपा-१३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?