काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार स्वयंले सुन तस्करीको संरक्षण गरिरहेको दाबी गर्नुभएको छ।
पूर्व गृहमन्त्रीसमेत रहनुभएको लामिछानेले सुन तस्करीमा संलग्नका बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसामू आफूले पर्याप्त प्रमाण पेश गर्दा पनि गृहमन्त्री श्रेष्ठले कुनै कारबाही नगरेको बरु सम्बन्धितलाई बचाउने नाममा मन्त्रालय नै तानेको दाबी गर्नुभयो ।
चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले आफूले सुन तस्करीको प्रमाण सिंहदरबारस्थित गृहमन्त्रीको क्याबिनमै पुगेर देखाएको बताउनु भयो ।
आफूले सदनमा नै सुन तस्करीको सूचना भएको जानकारी गराएको बताउँदै उहाँले उक्त सूचना गृहमन्त्रीज्यूलाई गएर देखाएको बताउनु भयो । तर गृहमन्त्रीकै निकटमा रहेका मान्छेको संलग्नता देखिए पछि सरकारले जोगाएको लामिछानेको आरोप थियो ।
उहाँले भन्नुभयो, 'गृहमन्त्रीजीले उहाँलाई मन्त्रालय तान्नुभयो छानबिन गरेजस्तो गर्नुभयो सकियो त्यसपछि। उहाँ (गृहमन्त्री) लाई त त्यो अनुसन्धान प्रहरीतिर ल्याउनु थियो। उहाँहरु मान्छेलाई सायद जोगाउनु थियो होला।’
सरकार फेरबदलको रेसमा आफूहरु नरहेको बताउँदै उहाँले भन्नुभयो, 'अहिले पनि सरकार फेरबदल हुन लाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्या हो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला। तपाईँको सरकार तपाईँलाई मुबारक। म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच