नेपाली चलचित्र उद्योगले पाँच दशकको यात्रा गरिसक्दा चलचित्रभित्रका खोला-नाला र भँगालाहरू अनेकन छन् । नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन-२०२२ सालको असोजमा ‘आमा’ चलचित्रबाट आजसम्म आउँदा अझै व्यावसायिक बन्न नसकेको हो कि भन्ने यदाकदा सुन्ने गरिन्छ । सरकारी लगानीमा निर्मित चलचित्र ‘आमा’ निर्माण हुनुअगावै २०१८ सालमा निजी लगानीमा निर्माण थालिएको चलचित्र ‘माइतीघर’ भने ‘आमा’ भन्दा पछाडि मात्र सार्वजनिक भयो । नेपाली भाषामा निर्मित पहिलो चलचित्र भने भारतमा २००८ सालमा निर्मित ‘सत्य हरिश्चन्द्र’लाई मानिन्छ, जुन नेपालीमा पनि डबिङ गरेर सार्वजनिक गरिएको थियो ।
‘आमा’देखि अहिलेसम्मको समयलाई हेर्दा यस क्षेत्रमा निकै उतारचढावहरू आएको पाइन्छ । त्यसो त हामीकहाँ विभिन्न भिडियो चलचित्रदेखि लिएर विभिन्न भाषाभाषीका चलचित्रहरूको पनि त्यत्तिकै महत्व राख्दछन् । तथापि, मूलधारको आफ्नै प्रकारको महत्व रहेको छ । नेपाली चलचित्र ब्लायक एण्ड हाइटदेखि आजको डिजिटल युगसम्म आइपुग्दा विभिन्न कलाकार प्राविधिकहरूले आफ्नो जीवन व्यतित गरिसकेका छन् । यो क्षेत्र धेरैको रहर भए पनि अहिले पेशा, व्यवसाय वा आजीविका बनेको छ । अहिले पढेलेखेका, साक्षर वा वौद्धिक वर्गले पनि यो क्षेत्रलाई अँगालेका छन् । हिजो आज नवोदितहरूको चर्चा-परिचर्चा र वर्चश्व देखिन थालेको छ ।
यो समयको मागमात्र होइन, साथ पनि हो । नवकलाकारको सघन उपस्थिति सिर्जनाले वर्तमान नेपाली चलचित्रको उत्ताप, उचाइ उदात्त छ । नेपाली चलचित्रको आकाश जति फराकिलो हुँदै छ यसमा हमला पनि त्यत्तिकै । विभिन्न क्षेत्रको नक्कल भित्र्याउन पनि उदत्त देखिएको पाइन्छ । मौलिकता हराउँदै गएको हो कि भन्ने चिन्ता पनि प्रकट गरेको पाइन्छ भने पछिल्लो समयमा चलचित्र चलाउनकै लागि अश्लीलता भित्रिएको पनि पाइन्छ ।
हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौं, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभंगीले पनि चलचित्र बुझ्ने कसरत गर्छौं । मुख्य कुरा के हो भने हामीले पस्किन खोजेको विषय वस्तु के हो भन्ने हो ।
हाम्रो चलचित्रको बजार सानो छ भन्ने गरिन्छ तर चलचित्र निर्माणक्रम भने तीव्र नै छ । हरेक वर्ष हाम्रो चलचित्र उद्योग कलिउडमा एक सयभन्दा बढी नै चलचित्रहरु निर्माण भइरहेको देखिन्छ । यति धेरै चलचित्र बने पनि थोरै चलचित्रले मात्रै दर्शकमाझ आफ्नो छाप छोड्न सकेका छन् । अर्थात् कमै चलचित्रमात्रै हप्ता, दुई हप्ता चल्ने गर्छन् । नेपाली चलचित्र उद्योगलाई हेर्दा लगानी उठाउने चलचित्र औंलामा गन्न सकिने छन् भने हिट हुने त एकाधमात्र रहेका छन् । नेपाली चलचित्रहरू पछिल्लो समयमा आएका केही नयाँपनका साथ अगाडि बढेको दाबी यससँग सम्बन्धित पक्षको रहेको छ ।
नेपाली चलचित्रको निर्माणसँग सँगै यसक्षेत्रमा लागेकाहरूको, कलाको सम्मानस्वरूप अन्य देशमा जस्तै हामीकहाँ पनि पुरस्कार, सम्मान तथा अवार्डको आयोजना सुरु भयो । पछिल्लो समयमा कला क्षेत्रबाहेक अन्यक्षेत्रहरूमा पनि अवार्डहरु दिन थालिएको छ । अन्य क्षेत्रका अवार्डहरूले त्यति चर्चा नपाए पनि सिनेक्षेत्रका अवार्ड चर्चाका विषय बन्ने गर्दछन् किनकि यो ग्लामर क्षेत्र हो । हामी कहाँ पनि हरेक वर्ष विभिन्न विधामा चलचित्रसम्बन्धी कलाकार र यस क्षेत्रमा लागेकालाई उत्सवको रूपमा अवार्ड समारोह गरेर चलचित्र र कलाकारलाई पुरस्कृत र सम्मान गरिन्छ । यसो गर्नु भनेको कलाकारका कलालाई सम्मानका साथै प्रोत्साहन गर्नु हो ।
अवार्डका कार्यक्रम विश्वमै भएको पाइन्छ । संसारको सबैभन्दा ठूलो फिल्मी अवार्ड एकेडमी (ओस्कार) लाई मानिन्छ । जुन अमेरिकन एकेडमी अफ मोसन पिक्चर्स आर्टस एण्ड साइन्सले प्रदान गर्ने गर्दछ । प्रत्येक वर्ष हलिउडका फिल्म र कलाकारहरुलाई तथा अंग्रेजी भाषाबाहेक अन्य भाषामा बनेका उत्कृष्ट चलचित्र र कलाकारलाई अवार्ड दिइन्छ । हाम्रो छिमेकी देश भारतमा पनि चलचित्रसम्बन्धी विभिन्न अवार्डकार्यक्रम हुने गर्दछन् जसलाई त्यहाँ उत्सवका रूपमा मनाएको देखिन्छ । फेरि त्यहाँको चलचित्र उद्योग पनि त व्यापक र विस्तृत छ । भनिन्छ त्यहाँको चलचित्रमा पाउने कलाकारको पारिश्रमिकले हाम्रो यहाँको एउटा चलचित्र नै बन्छ । भारतमा फिल्म फेयर, स्कृन अवार्ड, जी सिने अवार्ड, आइफा अवार्डलगायत अवार्डहरू भएको पाइन्छ ।
चलचित्रक्षेत्रका व्यक्तित्वहरूका लागि यससँग सम्बन्धित हुने अवार्डलाई चाडको रूपमा लिने गरिन्छ । उत्सवका रूपमा लिने गरिन्छ । हामीकहाँ पनि चलचित्रसम्बन्धी अवार्डहरूको संख्या एक दर्जनको हाराहारीमा छन् । हामीकहाँ रहेका अवार्डहरूमा डि सिने अवार्ड, इन्फा अवार्ड, नेफ्टा अवार्ड, बक्स-अफिस अवार्ड, राष्ट्रिय फिल्म पुरस्कार, एनएफ्डिसी अवार्ड, कामना अवार्ड, ओफा अवार्ड र क्रिटिक्स फिल्म अवार्ड लगायतका रहेका छन् । वर्षेनी अवार्ड थपिइरहेका छन् । यसक्षेत्रमा लागेका सर्जकहरूको सम्मानका लागि सम्मान गर्नेहरूको संख्या बढ्नु राम्रो कुरा नै हो । निजी संस्था र सरकारी संस्था चलचित्र विकास बोर्डले यस्तो कार्य गर्दै आएका छन् । अवार्डको बढ्दो आयोजकसँगै अहिले नेपाली चलचित्र अवार्डहरू विदेशमा पनि हुन थालेका छन् ।
आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता अवार्ड आफ्नालाई बाँडफाँडमा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यसको कुनै मापदण्ड नभएर होला । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ? अवार्डलाई निष्पक्ष, पारदर्शी बनाउने जुरीलाई अवार्ड आयोजक जुरी नै सार्वजनिक गर्दैनन् । कुनै पनि अवार्ड आयोजकले जुरीको नाम गोप्य राखेपछि अवार्डको विश्वसनीयतामा शंका त हुन्छ नै ।
हामीकहाँ भएका अवार्डलाई केसम्म देखियो भने एउटामा सर्वोत्कृष्ट हुँदा अर्कोमा मनोनयनमा सम्म न परेको देखियो । यसलाई विडम्बना नभनेर के भन्ने ? अवार्ड आयोजकहरुले यस्ता कुरालाई सच्याएर अगाडि बढ्दामात्र नै यसप्रतिको सम्मान हुन्छ अन्यथा आफ्नाले आफ्नालाई दिनेमा मात्र सीमित हुन पुग्छ । यससँगका सम्बन्धितले नै यसको मर्यादा राख्नु आवश्यक छ ।
कुनै समय बागबजारको पद्मकन्या क्यापसअगाडिको गल्ली जसलाई मुर्गा गल्ली पनि भन्ने गरिन्थ्यो । अहिले समयनुसार ठाउँहरू परिवर्तन भएका छन् । यी ठाउँहरूमा नेपाली चलचित्र उद्योगसम्बन्धी धेरै कुराहरू बुझ्न पाइन्छ । हाम्रा चलचित्रहरू कसरी बन्छन्, कसरी बनाइन्छन् र नयाँ लगानीकर्ता वा भनौं नयाँ मुर्गाको खोजीमा रहेका धेरैलाई पाउन सकिन्छ यी ठाउँहरूमा । मुर्गाको खोजीमा रहेका, मुर्गा बन्न तयार भएकाहरू साथै निर्देशक, निर्माता, कलाकार, गीतकार, गायक, संगीतकार अर्थात् चलचित्रसँग सम्बन्धित सबैका गुनासा सुन्न पाइन्छ । एकजना राम्रै नाम चलेका कलाकार एउटा चलचित्र बनाउनुप¥यो चलचित्रको नाम ‘फेरि अर्को मुर्गाको खोजीमा’ राखेर पनि भन्दै थिए । कलाकार, निर्माता, निर्देशक, गीतकार, संगीतकारलगायत बन्ने रहर पालेकाहरूको इच्छा, कामना पु¥याइदिएका छन् यी ठाउँले । केहीलाई राम्रै अवसर भयो होला भने केहीलाई रुवाइरहेकै होला ।
आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता अवार्डहरू आफ्नालाई बाँडफाँडमा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यस्को कुनै मापदण्ड नभएर पनि होला । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ? आयोजकहरूले अवार्ड निष्पक्ष गरिएको भने पनि यस्ता अवार्डहरू आफ्नालाई बाँडफाँडमा सीमित रहेको आरोप पनि लाग्दै आएको छ । हामीकहाँ यस्को कुनै मापदण्ड नभएर पनि होला । केही अवार्ड पारदर्शी गर्न खोजिए पनि जुरी नै लुकाएर गरिएका अवार्डलाई कसरी पारदर्शी भन्ने ?
हामीकहाँ चलचित्र बन्ने क्रम हरेक वर्ष बढ्दै गए पनि, चलचित्र उद्योगमा करोडौं लगानी भए पनि, चलचित्रले लगानी नउठाए पनि, चलचित्र बन्ने क्रमम भने कुनै कमी आएको छैन । नेपाली चलचित्र लगातार असफलताले व्यावसायिक रूपमा यस क्षेत्रलाई निराश पारे पनि निर्माणमा कमी आएको छैन । हरेक हप्ता कम्तीमा दुई-तीनवटा चलचित्रहरु हलमा लागेकै हुन्छन् । नेपाली चलचित्र नचल्नुमा उत्कृष्ट कथावस्तु, योग्य प्रविधि र प्राविधिक नहुँदा चलचित्र धराशायी बनिरहेको भनिए पनि राम्रा भनिएकाले लगानीसम्म उठाउन नसकेका धेरै उदाहरण छन् ।
नेपाली चलचित्रको स्तरवृद्धि हुन नसक्नु नै वर्तमान नेपाली चलचित्रले भोग्नुपरेका तीतो यथार्थ हो भन्छन् यस क्षेत्रका विज्ञ, विश्लेषक र यससँग नजिक रहेर नियालिरहने सरोकारवाला । नयाँ स्वादसँगै दर्शकसँग प्रस्तुत भएका केही चलचित्रले सफलता हात पार्न सके पनि अधिकांश चलचित्रहरूको लगानी बालुवामा पानी नै भएको छ । सयभन्दा बढीको संख्यामा चलचित्र बने पनि मुस्किलले दश प्रतिशतले मात्र सफलता हात पार्नु एकातिर भने अर्कोतिर नेपालमा थुप्रै भारतीय चलचित्रले सफल व्यापार गर्नुले नेपाली चलचित्रमा दक्षता र व्यावसायिकता वृद्धि नभएको प्रष्ट हुन्छ ।
जबसम्म नेपाली चलचित्र उद्योग व्यावसायिक बन्दैन अनि रहर र पैसाकै भरमा आएका कलाकार फिल्टर भएर असली कलाकारमात्र चलचित्र उद्योगमा जबसम्म रहँदैनन् नेपाली चलचित्र उद्योगको उन्नति असम्भव नै छ । बाहिरको डब्बामात्र राम्रो अनि भित्री सामम्री भने दुई पैसाको अनि कसरी उभो लाग्छ त नेपाली चलचित्र उद्योग !
नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि समयानुकूल चलचित्र नीतिको आवश्यकता रहेको भन्दै सरोकारवालाले विभिन्न समयमा कुराहरू उठाए पनि त्यसको कार्यान्वन पक्ष कमजोर नै देखिन्छ । मुलुकको पहिचानसँग जोडिएको क्षेत्रलाई विकसित, भरपर्दो र मर्यादित बनाउनुपर्नेमा विभिन्न सेमिनार, गोष्ठीहरुमा जोड दिए पनि ती सबै गोष्ठीहरूमा नै सीमित हुन पुगेका छन् । हरेक पल्टका सूचना तथा सञ्चार मन्त्रीहरूले विभिन्न आस्वासन दिए पनि प्रतिबद्धता गरे पनि व्यावहारिक धरातलमा विस्तृत छलफल र कार्यान्वयनको सधैं पर्खाइमै रहृयो नेपाली चलचित्र उद्योग ।
चलचित्र क्षेत्र आर्थिक समृद्धि र अर्थतन्त्रसँग जोडिएको भए पनि धेरैको रोजगारीको प्रवद्र्धन यस क्षेत्रले गरे पनि यो क्षेत्रले किन व्यावसायिक सफलता पाउन सकेन आजको टड्कारो विषय हो यो । चलचित्र क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न यसको भावी पुस्तालाई सबल र सक्षम बनाउन ठोस कार्ययोजनाको प्रर्खाइमा छ यस उद्योग । नेपाली चलचित्रको विकासका लागि चलचित्र विकास बोर्ड र अन्य सरोकारवाला निकायलाई अधिकार सम्पन्न बनाउनुपर्ने देखिन्छ जुन वर्तमानको आवश्यकता हो यदि नेपाली चलचित्रलाई व्यावसायिक बनाउने हो भने । जबसम्म मुर्गाकै खोजीमा हाम्रो चलचित्र उद्योग रहन्छ तबसम्म यो व्यावसायिक हुन सक्दैन ।
अनि जबसम्म प्रत्येक हप्ता चलचित्र जुधाइन्छ तबसम्म यो उद्योग व्यावसायिक हुन सक्दैन । दर्शकलाई त छानीछानी चलचित्र हामी देखाउँला तर थोरै दर्शक भएको हाम्रो जस्तो ठाउँमा आखिर तिनै दर्शकहरू बाँडिने त हो । यस्तो कार्यलार्ई निर्माताहरुले जबसम्म बुझदैनन् तबसम्म चलचित्रको लगानी बालुवामा पानी नै हो । फेरि जबसम्म रहरले यो क्षेत्रमा आउनेहरूको संख्यामा कमी आउँदैन तबसम्म यो क्षेत्र व्यावसायिक हुन सक्दैन । पछिल्लो समय नेपाल बाहिर पनि यसको बजार खोज्न थालिएको छ । जुन आफैंमा सुखद् पक्ष हो । गतवर्ष बलिउडमा प्रदर्शन भयो ।
यो नेपाली सिनेमाका लागि सुखद् सुरुवात हो तर यसका लागि हामीले गुणस्तरमा ध्यान पुर्याउनु आवश्यक छ । पछिल्लो समय विकास भएका प्रविधिले पनि विश्वलाई नै साँघुरो बनाइसकेको छ । हामी नेपाली भएर थुप्रै देशका चलचित्र हेर्छौं, सबै भाषा हाम्रीले बुझ्ने हुँदैन तर हाउभाउ र भावभंगीले पनि चलचित्र बुझ्ने कसरत गर्छौं । मुख्य कुरा के हो भने हामीले पस्किन खोजेको विषय वस्तु के हो भन्ने हो । साउथ, तमिल लगायतका चलचित्रले जसरी बलिउड र एशियन फिल्ममा आफ्नो दबदबा सुरु गरेका छन् त्यो सपना पनि हामीले देख्नुपर्छ र नेपाली चलचित्रलाई विश्वव्यापी बनाउनुपर्छ । यसका लागि सम्बन्धित निकायले सहजीकरण गर्न आवश्यक छ ।
(लेखक अधिकारी हिटाका मनोरञ्जन व्युरो प्रमुख, साहित्यकार तथा मिलाप मासिक पत्रिकाका कार्यकारी सम्पादक हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच