निधि प्रतिष्ठानको वार्षिक साधारण सभा सम्पन्न

Read Time = 2 mins

काठमाण्डौं । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको वाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको सभाकक्षमा सम्पन्न सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित अनुमोदन गर्नुका साथै आगामी वर्षका लागि विभिन्न कार्ययोजना समेत पारित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष प्रा.पुरुषोत्तम दाहालको सभापतित्वमा संपन्न साधारण सभामा संस्थापक अध्यक्ष भानुभक्त ढकाल, उपाध्यक्ष शालीग्राम मिश्र, बालकृष्ण राई, महेश आचार्य, कृष्ण थापा मगर, केशव लम्साल, कृष्ण वस्ती, पुनम खड्का, विनोद अधिकारी, कृष्ण अधिकारी, शान्ता दाहाल, मानवेन्द्र निधिलगाएतले प्रतिष्ठानलाई थप सशक्त गराउनु पर्नेमा जोड् दिनु भएको थियो ।

कार्यक्रममा सचिव कमल ढकालले वार्षिक प्रतिवेदन र पवित्रा पोख्रेलले आर्थिक प्रतिवेदनसहित कार्यक्रमवारे जानकारी दिनु भएको थियो ।सभाले प्रतिष्ठानको कार्य समितिमा केही जिम्मेदारी हेरफेर गर्ने र सल्लाहकारसहित आवस्यकता अनुरुप आमन्त्रित सदस्यहरु मनोनयन गर्ने निर्णय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?