विष्णुमती-महादेव खोला संगमस्थल भौतिक सुधार समिति (गुम्वा) को २३ औँ वार्षिक साधारण सभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । शनिबार बालाजुमा काठमाडौं महानगरपालिका वडा नं. १६, तारकेश्वर ११ र टोखा वडा नं. ९ को संगमस्थलमा रहेको धार्मिक क्षेत्र तारकेश्वर धाम (गुम्वा) को सञ्चालन तथा संरक्षण गर्दै आएको विष्णुमती-महादेव खोला संगम स्थल भौतिक सुधारको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

टोखा नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सभापति तारकेश्वर नगरपालिकाको पूर्व नगर प्रमुख रामेश्वर बोहोराले गरेका थिए ।

तारकेश्वर धाम मन्दिर तथा खैंजेडी भजन संरक्षणका लागि टोखा नगरपालिकाले तत्काल २ लाख आर्थिक सहयोग गर्न लागेको तारकेश्वर धाम व्यवस्थापन समितिका एक सदस्यले बताएका छन् ।

कार्यक्रममा बोल्दै टोखा नगर प्रमुख प्रकाश अधिकारीले आफ्नो पहिलो कार्यकालमा खैंजेडी भजन संरक्षणका लागि टोखा नगरपालिकाबाट केही आर्थिक सहयोग गरेको बताउनुभयो । विष्णुमती करिडोर निर्माणपछि तारकेश्वर धामका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न टोखा नगरपालिका तयार रहेको नगर प्रमुख अधिकारीले उद्घोष गरेका छन् ।

संस्थाका सल्लाहकार तथा विभिन्न संघ/संस्थाका प्रमुखहरुले २३ औँ वार्षिक साधारणसभाको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रामेश्वर बोहोराले विष्णुमतीकरिडोर निर्माणमा संस्थाले सहयोग गर्ने बताउनुभयो । संस्थाले विकास निर्माणमा कुनै अवरोध गर्दैन । आगामी दिनमा संस्थाको सदस्यता व्यापक वितरण गर्दै आगामी वार्षिक साधारण सभा अझै व्यवस्थित गरेर जाने बताउनुभयो । कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक आय/व्यव प्रस्तुत गरीएको थियो । संस्थाका सल्लाहकार, पूर्व पदाधिकारी तथा विभिन्न टोल सुधार समिति र महिला समूहको सहभागिता रहेको थियो । संस्थाको खातामा अहिले पनि २९ लाखभन्दा बढि बचत रहेको छ ।

कार्यक्रममा संस्थाका सल्लाहकार, विभिन्न टोल सुधार समितिका पदाधिकारी तथा महिला समुहहरुको बाक्लो सहभागिता रहेको थियो । तारकेश्वर धाम खैंजेडी भजन समूहले भजन गाएर मनोरञ्जन प्रदान गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?