भोजपुर । स्वास्थ्यमा पहुँच पुर्याउने उद्धेश्यकले पहाडी जिल्ला भोजपुरको दक्षिणमा रहेको दुई पालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।
आगामी पौष २३ गते हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र २४ गते आमचोक गाउँपालिकाको केन्द्र बालंखामा शिविरको आयोजना भएको भोजपुरबाट निर्वाचित प्रदेशसभा सांसद बिनोद वान्तवाले बताउनुभयो । “स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्धेश्यका साथ शिविर संचालन हुन लागेको हो, यसले नागरिकको स्वास्थ्यमा टेवा मिल्छ ।” प्रदेश सांसद वान्तवाले भन्नुभयो ।
संघीय सांसद तथा कलेजका संचालक सुनिल शर्मासँगको समन्वयमा शिविर संचालनको तयारी भएको हो । दुई पालिकामा हुने शिविरमा हस्पिटलको बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने छ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोग लगायतका बिभिन्न १३ वटा परीक्षणहरु हुने शिविरका सम्पर्क ब्यक्ति सन्तोष कोइरालाले बताउनुभयो ।
उहाँले बिशेषज्ञ स्वास्थ्यकर्मीबाट सेवा दिइने भएकाले दक्षिण क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन पनि आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच