काठमाडौं । साहित्यकार, मुक्तककार प्रीति आत्रेय ज्ञवालीको मुक्तकसंग्रह ‘चुटुक्क’ विमोचन गरिएको छ । नेपाल वेद विद्याश्रमका पाँच वटुकहरूको स्वस्ति वाचनबाट राजधानीको सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा ज्ञवालीको मुक्तकसंग्रक ‘चुटुक्क’ विमोचन गरिएको हो । कार्यक्रमको मञ्चमा सबै नारीहरूको मात्र उपस्थिति थियो । पुस्तक सर्जक प्रीति आत्रेय ज्ञवाली, प्रमुख अतिथि डा.रेणुका सोलु, समीक्षक कल्पना काफ्ले, सभापति ममता मृदुल एवं अतिथिको आसनमा सर्जककी माता आर्या आत्रेय (संरक्षक प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथी स्मृति प्रतिष्ठान) गरी पाँच नारीहरू अवस्थित मञ्चमा, कार्यक्रमको सञ्चालन साहित्यकार भुवन सिवाकोटी चौघरेबाट भएको थियो ।
वटुकहरूबाट मंगलाचरण र स्वस्तिवाचन गरी प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन एवं सबै मञ्चासीन व्यक्तित्वबाट प्रा.डा.विष्णुराज आत्रेय लाटोसाथीको फोटोमा पुष्प अर्पण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो जसमा सबै मञ्चासीन व्यक्तित्वबाट एवं प्रा.डा.अलका आत्रेय चुडाल, बाबुराम ज्ञवाली र प्रशस्ति ज्ञवालीबाट पुस्तकको सार्वजनिकीकरण गरिएको थियो ।
हामी र हाम्रो कृति समूहका अध्यक्ष मदनप्रसाद नेपालले समूह र सार्वजनिक कृति बारे जानकारी गराउनुभएको थियो । साहित्यिक संघसंस्थाका प्रतिनिधिसहित विविध अतिथिहरू सम्मिलित कार्यक्रममा सर्जकलाई कृतिगत शुभकामनाका साथै सर्जकको विमोचित कृति चुटुक्कबाट केही मुक्तकहरूको पनि वाचन गरिएको थियो ।
कार्यक्रममा प्रा.डा.गोविन्दमानसिंह कार्की, प्रा.डा.भागवत ढकाल, प्रा.डा.अलका आत्रेय चुडाल, बमबहादुर थापा जिताली, डा.सीता सुवेदी पन्थी, अर्जुनकुमार गोगने, भरत रिजाल, सिर्जना ज्ञवाली, सन्तोष खत्री, बद्री उप्रेती, नम्रता उप्रेती, बाबुराम ज्ञवाली, प्राप्ति अर्याल, समीक्षा शर्मा भुर्तेल, प्रशस्ति ज्ञवालीलगायत वक्ताहरूले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । समीक्षक कल्पना काफ्लेले कृतिबारे आफ्नो अवधारणा प्रस्तुत गर्नुभएको थियो भने प्रमुख अतिथि डा.रेणुका सोलुले मुक्तकभित्र लुकेका भाव र अभिव्यक्तिहरूको चर्चा गर्नुभएको थियो ।
सावित्री अधिकारीले कार्यक्रममा स्वागत भाषण गर्नुभएको थियो भने ममता मृदुलले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । कार्यक्रम प्रस्तोता भुवन सिवाकोटीले सर्जकलाई गीति शुभकामना पनि लयात्मक ढंगले वाचन गर्नुभएको थियो भने पुस्तककी सर्जक प्रीति स्वयंले मुक्तक लेखन र पुस्तक प्रकाशन गर्दाका आफ्ना अनुभवबारे व्यक्त गर्नुभएको थियो । गरिमा पन्थी र प्रशस्ति ज्ञवालीले मञ्चासीन व्यक्तित्वलाई माला र खादा पहिराउनु भएको थियो ।
ज्ञवालीको यसअघि गत साल भाद्र ११ गते कवितासंग्रह ‘अनुभूतिको इन्द्रेनी’ सार्वजनिक भएको थियो । उहाँका गीतहरू ‘आफ्नो त मन छ माइतीघरतिरै’ (तीज गीत २०७५) र ‘तिमी मेरो पूजा’ (प्रणय गीत २०७७) युट्युबमार्फत प्रसारित छन् । उहाँका बीबीसी, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्वलगायत विभिन्न पत्रपत्रिका तथा अनलाइनमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचना प्रकाशित भएका र हुँदै गरेका छन् ।
हाल कम्बोडियामा रहनुभएकी आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील हुनुहुन्छ । उहाँ नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुनुहुन्छ । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहनुभएकी उहाँको पछिल्लो कृति ‘चुटुक्क’ समूहको नवौं कृतिका रूपमा सार्वजनिक भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच