मेची बगरको मैले झुलाघाटको पुल देखें यहिँ नजिकैका देउवाले त्यो पनि देखेनन् : ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि कुनै काम नगरेको आरोप लगाउनु भएको छ ।

शुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कोही कोही रिसाउलान् भनेर प्रधानमन्त्री देउवाले देश र जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटि प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको बताउनु भयो। उहाँले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताउनु भयो । त्यसको जिम्मा एमाले र आफूले लिने उहाँले बताउनु भयो । उहाँले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको समेत बताउनु भयो ।

darchula uml aamsabha

ओलीले बैतडीमा पहिले पनि आफू आएको भन्दै विभिन्न विकासका आश्वासन समेत दिनुभयो । उहाँले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूल्ठूलो विकास गरेको दाबी गर्नुभयो । उहाँले विकास गर्न पनि एमाले नै चाहिने बताउँदै भन्नुभयो, ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?