काठमाडौं । १७औँ वाणिज्य बैंकका रूपमा २०५९ साल पुस ९ गते स्थापित सिद्धार्थ बैंकले २१औँ वर्ष पूरा गरेको छ । वार्षिकोत्सवका अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीको उपस्थितिमा कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बैंकले २१ वर्षसम्मको यात्रा समेटेर तयार पारेको ‘कफी टेबल बुक’ सार्वजनिक गरेकोे छ ।
साथै बैंकले पूर्वसञ्चालक समितिका सदस्य एवं पूर्वप्रमुख कार्यकारी अधिकृतको सम्मानका साथै बैंकमा कार्यरत रही १५ वर्ष पूरा गर्ने कर्मचारीलाई अभिनन्दनसमेत गरेको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड हो ।
ग्राहकले कार्ड प्रयोग गरी चार सय ५० भन्दा बढी युएनओ मर्चेन्टहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकलाई लक्षित गर्र्दै ‘फ्रि फोर’ र ‘लग विन’ योजना पनि बैंकले सार्वजनिक गरेको छ । त्यसैगरी बैंकले काठमाडौं, नारायणगढ, नेपालगञ्ज, कैलाली, सुर्खेत र जनकपुरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीका साथै ग्राहक र स्थानीयवासी गरी दुई सय ९६ जना रक्तदाताको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच