सबैलाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालत पाटनको आदेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोरियन भाषाको (ईपीएस) परीक्षा दिन पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका सबैलाई परीक्षामा सामेल गराउन आदालतले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले सबैलाई इपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो।

यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो।

उनीहरूले शुक्रबार नै आवेदन दिइसकेका छन्। तर बाँकीले आवेदन भर्न नपाएपछि आन्दोलन गरेका थिए। आन्दोलन चर्किंदै जाँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।

प्रहरीले चलाएको गोली लागेका दुई जनाका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?