
कालीकोट । जिल्ला प्रहरी कार्यालय कालीकोटले ‘क्युआर कोड स्क्यान’ बाटै प्रहरीमा उजुरी गर्न मिल्ने व्यवस्था मिलाएको छ । उजुरी प्रक्रियालाई प्रभावकारी बनाउन डिजिटल तरिकाले उजुरी दिन सकिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । योसँगै यहाँका स्थानीयले गुनासो र उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने बाधयताको अन्त्य अब भएको छ ।
मान्ममाका विभिन्न क्षेत्रमा अहिले ‘क्युआर कोड’ टाँसिएको छ । परम्परागत तरिकाबाट दिइने सेवालाई नागरिकको सहजता र पहुँच कायम गराउन द्रुत जवाफ (क्विक रेस्पोन्स) कोड सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताउनुभयो । ‘विशेषगरी नागरिकका गुनासा, समस्या र रचनात्मक सुझाव संकलन गर्न क्युआर कोडको प्रयोग गरिएको हो’, प्रहरी प्रमुख केसीले भन्नुभयो ।, ‘क्युआरबाट प्राप्त उजुरी कार्यान्वयन भए÷नभएको विवरण उजुरीकर्तालाई दिन्छौँ ।’
यहाँका नागरिकले जुनसुकै ठाउँबाट पनि उजुरी तथा गुनासो दिन सक्ने प्रमुख केसीको भनाइ छ । ‘शान्ति सुरक्षामा भएका समस्या र कमजोरीका साथै सुदृढ सेवा प्रवाहका लागि स्थानीयले जहाँबाट पनि प्रविधिमार्फत उजुरी दिन सक्नेछन् ।’ उहाँले भन्नुभयो । ‘क्युआर कोड स्क्यान’ बाट उजुरी दिने उजुरीकर्ताको नाम भने गोप्य राखिने छ जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच