लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गतेलाई आह्वान

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरिएको छ। फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो।

मन्त्रिपरिषदको निर्णयपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुख अमिश शेरचनलाई बैठक आह्वानका लागि सिफारिस गर्नु भएपछि प्रदेश प्रमुखले फागुन १८ गते हिउँदे अधिवेशन आह्वान गर्नुभएको हो।

शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?