सरकारका पछिल्ला गतिविधिले धेरै नेपालीको मन रुवाएको छ : राजेन्द्र पाण्डे

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाल आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

व्यक्ति त्याजस्तो अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रोएको उहाँको भनाई थियो ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महंगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताउनु भयो ।

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘संघीयतालाई कमजोर बनाउने गतिविधिहरु अहिले पनि केही भईराखेका छन । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने खालको अपराधिक गतिविधिमा संलग्न व्यक्ति जो जेलको सजाय पाइराखेका थिए । त्यस्ता व्यक्तिलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौं । अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिईरहेका छैनौं । विकास खर्च सयममै जति हुनुपर्ने हो, त्यो काम गर्न सकिरहेका छैनौं । महंगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौं । यस्ता खालको कुराहरुमा विशेष ध्यान पु¥याउन जरुरी छ । हामीले अहिले ल्याएको विद्यालय शिक्षा विधेयक पनि अपुरो छ । अव सिंगै संसदले त्यसलाई पूर्ण दिनेगरी ध्यान पु¥याउनुपर्ने आवश्यक्ता छ । ’

उपाध्यक्ष पाण्डेले विद्यालय शिक्षा विधेयकलाई पूर्णता दिने र मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने काममा सिंगो संसद एकतावद्ध हुनुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?