काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्य–मुख्य शहरमा प्रभातफेरी आयोजना गरेको हो ।
यही पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक १६ वर्ष पूरा भई १७औँ वर्षमा प्रवेश गर्दैछ । बैंकका अनुसार काठमाडौंमा आयोजित प्रभातफेरीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, बैंक उच्च व्यवस्थापनसहित १५ सयभन्दा बढी कर्मचारीको उपस्थिति थियो ।
वित्तीय साक्षरता तथा बैंकिङ शिक्षामूलक प्लेकार्ड तथा ब्यानरसहित प्रभातफेरीमा उपस्थित कर्मचारीले काठमाडौंको कान्तिपथस्थित शाखाबाट शहरका मुख्य-मुख्य भाग परिक्रमा गरेका थिए भने उपत्यकाबाहिर मुख्य-मुख्य शहर परिक्रमा गरेका थिए । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । बैंकमा करिब चार हजार कर्मचारी कार्यरत रहेका छन् भने ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच