काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताउनुभएको छ ।
आईतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको जिकिर गर्नुभयो । उहाँले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताउनु भयो । गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरुलाई प्रमोसन गर्ने, यो च्याउहरुको महत्वलाई जनताको बीचमा पुर्याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने, खट्ने काममा लाग्ने र बिक्री वितरण गर्ने काममा महत्वपूर्ण उपलब्धि प्राप्त भएर आइरहेको छ । नेपाल वास्तवमा जडिबुटीयुक्त मुलुक, यहाँ उत्पादन हुने च्याउहरुको अझैपनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । नेपालमा भएका धेरै महत्वपूर्ण उत्पादनहरु खासगरी हाम्रा जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा आज हामी धेरै पछाडि परिरहेका छाैँ । हाम्रा आफ्ना मौलिक उत्पादनका चिजहरु अरुले यसलाई अधिकार प्राप्त गर्ने होडबाजी नै चलिरहेको बेला छ । यस्तो बेलामा च्याउ उत्पादकहरुले नेपालमा च्याउ उत्पादन गर्ने, विदेशबाट आउनेकुरालाई कम्तिमा बिस्थापित गर्ने र च्याउको परिकारले उपभोक्ताहरुलाई दिने महत्वपूर्ण खुराकहरु के हुन् ? यसले शरीरलाई चाहिने तत्व कसरी दिनसक्छ ? यसको बारेमा बताउने र सिकाउने कुरा निजी क्षेत्रबाट खासगरी च्याउ उत्पादक आफैँ मिलेर पनि धेरै कोशिस गरिरहनुभएको छ । बितेका केही वर्ष यता गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ । जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ ।’
सभामुख घिमिरेले अरु क्षेत्रको अनुसन्धानमा महत्व दिए जसरी नै नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गरी बजारीकरण गर्नेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच