काठमाडौं । लक्ष्मी क्यापिटल कोष प्रवद्र्धक रहेको लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनीमा रणनीतिक लगानी गर्ने भएको छ । दिगो ऊर्जा पहलप्रतिको प्रतिबद्धतामा आफूले सञ्चालन गरेको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्डको पहिलो लगानी सुरुवात गरेको हो ।
विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोष सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्ने पहिलो केही कम्पनीमध्ये लक्ष्मी क्यापिटल पनि एक रहेको छ । लक्ष्मी सस्टेनेबल इनर्जी फण्डको आकार एक अर्बको रहेको छ । कोषले जलविद्युत्, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।
युनिटेक हाइड्रोपावर कम्पनीले माथिल्लो फेवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण अन्तिम चरणमा रहेको छ । ताप्लेजुङस्थित आयोजनाको उत्पादन क्षमता ५.८ मेगावाट रहेको छ भने कम्पनीसँग थप १५ मेगावाट मध्य इङ्वा खोलाको इजाजत पत्रसमेत रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच