प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

सुदूरपश्चिम प्रदेशले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । कोशीले फाइनलमा सशस्त्र प्रहरी बलसँग यही पुस १८ गते प्रतिष्पर्धा गर्नेछ ।

कोशी प्रदेशको जितमा काजल श्रेष्ठले सर्वाधिक ३८ रनको योगदान दिइन् । उनले ३५ बलमा सात चौका प्रहार गरिन् । त्यसैगरी कप्तान रुविना क्षेत्रीले २३ बल खेल्दै सात चौकाको मद्दतमा ३७ रन जोडिन । अपसरी बेगम १२ रनमा अविजित रहिन ।

सुदूरपश्चिमका लागि लक्ष्मी साउदले एक विकेट लिइन । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै ८८ रनको योगफल बनाएको थियो । उसका लागि सम्झना खड्काले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यस्तै इन्दु बर्माले १७ तथा कविता जोशीले १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । रुवि पोडार, लक्ष्मी साउद र अनु कठायतले समान ७÷७ रन बनाए ।

कोशीका लागि सङ्गिता राईले दुई विकेट लिइन भने निशा शाह, अलिसा खादिया र सबनम राईले समान एक÷एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?