सुदूरपश्चिम विकासका लागि चाहिने आधारभूत तत्वहरु बढी भएको प्रदेश हो : मन्त्री साउद

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेश विकासका लागि चाहिने आधारभुत तत्वहरु बढी भएको स्थान रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित दृश्यमा खप्तड श्रृंखला २ को विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले परिवेश, परिस्थितिको विकाससँगै सुदूरपश्चिममा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेको बताउनु भयो ।

उहाँले जलविद्युत उत्पादन, कृषि, सांस्कृतिक सम्पदा र पर्यटन क्षेत्रका लागि पनि सुदूरपश्चिम क्षेत्र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले पवित्र तीर्थस्थल र सांस्कृतिक विरासतले पनि सुदूरपश्चिम प्रदेश महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले परिवेश, परिस्थिति, विकास बदलिएको छ । हाम्रो ठाउँमा पनि विकासका सम्भावनाका ढोकाहरु खुलेका छन् । विकासका लागि चाहिने आधारभुत तत्वहरु सुदूरपश्चिममा देशका सातै वटा प्रदेश भन्दा सबैभन्दा ज्यादा छन् । यसका लागि अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्धको कुरा आउँछ । त्यसमा उत्तर पनि पश्चिम पनि र दक्षिण पनि छ । उत्तरमा चीन, पश्चिम र दक्षिणमा भारत छ । खाद्यान्न उत्पादनका लागि मलिलो उर्वर जमिन खोज्ने हो भने कैलाली र कञ्चनपुरका फाँटहरु छन् । इरिग्रेसनका लागि नदीनाला खोज्ने हो भने महकाली, कर्णाली छ । त्यसमा जलविद्युतको सम्भवाना हेर्ने हो भनेपनि दुनियाँका सबैभन्दा पोर्टेन्सियल जलविद्युतको क्षेत्रमा पोर्टेन्सियल क्षेत्रमध्ये सुदूरपश्चिम पनि हो । त्यहाँ नेपालका पाँच ठूला नदीमध्ये तीन वटा छन् । नेपाल आफैँ पनि दुनियाँको ठूलो जलश्रोतको पोटेन्सिलिटी भएको देश हो । पवित्र तीर्थस्थल पनि छन् । ठूलो सांस्कृतिक विरासत पनि छ ।’

मन्त्री साउदले अहिले पनि सुदूपश्चिमलाई आवश्यक विकास गर्न नसकिएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?