कालीकोट । जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत (बिक) ले दलित अधिकार सुनिश्चितता भए आत्मसम्मानको खोजी पनि पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
कालीकोटको सदरमुकाम मान्ममा सोमबार आयोजित नव प्रवद्धान्तमक प्रथम जिल्ला दलित सम्मेलन कार्यक्रममा उपप्रमुख रावतले यस्तो बताउनुभएको हो ।
कार्यक्रमको विशेष अतिथिसमेत रहनुभएको उहाँले दलित अधिकार सुनिश्चिता र दलित आन्दोलनलाई अझ संगठित र सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालको संघीय प्रणालीमा सिमान्तकृत समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नको लागि दलित जनप्रतिनिधिहरुको ज्ञान, सीप र अनुभवलाई संगठित गर्दै सामाजिक न्याय र समतामूलक समाज निर्माणमा उनीहरुको भूमिकालाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
जातीय विभेदकै कारण अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणमा सहभागी हुन नपाएको बताउँदै उहाँले राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाले दलित र पछाडी पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन भएको तर, अहिलेसम्म पनि जातीय विभेद उन्मुलनका अभियानहरू प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो ।
अन्तरजातीय बिवाह गर्नुभएकी उपप्रमुख रावतलाई जिल्ला सम्मेलनले सम्मान समेत गरेको छ । अन्तरजातीय बिवाह गरेर पनि समाजमा जातीय विभेदविरुद्ध सकारात्मक सन्देश फैलाएको र जातीय छुवाछुत अन्त्य गर्न लागिपरेको भन्दै सम्मान गरिएको हो । उक्त सम्मानपत्र कर्णाली प्रदेशसभाका माननीय सदस्य रनसिंह परियारले प्रदान गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच