नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई कांग्रेसले दियो शुभेच्छुक संस्थाको मान्यता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसले पहिलो पटक पर्यटन व्यवसायीहरूलाई समेटेर शुभेच्छुक संस्था बनाएको छ ।

दोलखाका कांग्रेस नेता एवम् पर्यटन व्यवसायी कुमार अधिकारी (आर.बी) ले २०७२ सालमा गठन गरेको नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघलाई सुभेच्छुक संस्थाको रुपमा मान्यता दिने निर्णय गरेको हो ।

कांग्रेसको एजेन्डामा पर्यटन व्यवसायको उन्नति र विकासलाई मुख्य प्राथमिकतामा पार्ने गरि उद्वेश्य राखेर यो संस्थालाई पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिलाउन अहोरात्र खटिनुभएका अधिकारीले शुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

अन्य पार्टीले आफू निटक व्यवसायिक संगठन बनाइरहेको बेला कांग्रेसले भने पहिलो पटक बनाएको हो । लोकतान्त्रिक संस्थाले हालसम्म देशभरका ६ ठला पर्यटकीय शहरहरूमा शाखा बनाईसकेको छ ।

अधिकारीले २०७२ मंसिर १९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, पर्यटन किशोर सिंह राठौरलगायतका कांग्रेसका नेताको उपस्थितिमा प्रथम भेला सम्पन्न गर्नु भएको थियो ।

समृद्धिकालागि पर्यटन भन्ने नारासहितको प्रथम भेला भब्य रुपमा सम्पन्न भए पनि व्यवसायीबीचको खिचातानीले यसले पार्टीबाट आधिकारीक शुभेच्छुक संस्थाको रुपमा मान्यता पाउन सकेको थिएन् । तर, सात बर्ष पछि यसले आधिकारीक रुपमा मान्यता पाएको हो ।

पार्टीले पर्यटन व्यवसायीलाई ठूलो हौसला दिएको भन्दै पर्यटन क्षेत्रको विकासका साथै यस क्षेत्रको सबैभन्दा सशक्त संगठन बनाएर अगाडी बढ्ने उहाँको सोंच छ । देशको आर्थिक मेरूदण्ड रुपमा रहेको पर्यटन क्षेत्रलाई मर्यादित र प्रमुख व्यवसायका रूपमा अगाडि बढाउने उहाँको अठोट छ ।

लामो समय विवाद भए पनि सातबर्षसम्म निरन्तर रुपमा लागेर पार्टीको आधिकारीक शुभेच्छुक संस्था बनाई छाड्ने अधिकारीको पर्यटन क्षेत्रमा गर्बिलो उचाईसमेत बढेको छ । युवा व्यवसायी, होटल व्यवसायी र समाजसेवीसमेत रहेका अधिकारीसंग पर्यटन क्षेत्रमा निकै दख्खल छ ।

लामो संघर्ष र निरन्तरतासंगै यसले आधिकारीक मान्यता पाएसंगै हौसिएका अधिकारीले बिभिन्न कार्यक्रम गर्दे पर्यटन क्षेत्रलाई अगाडी बढाउनेसमेत बताउनुभयो । पर्यटन व्यवसायीका समस्यालाई उपलब्धिमा रुपान्तरित गर्दे व्यवसायीको हितमा काम गर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?