कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ । कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओमा आवेदन दिने शुक्रबार अन्तिम दिन हो । लगानीकर्ताले शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यस आइपिओ मा असार २८ गतेसम्ममा ८ लाख ५० हजार ६९१ जनाले ९१ लाख ७८ हजार १२० कित्ताका लागि आवेदन दिइसकेका छन् ।

यस कम्पनीले असार २६ गतेदेखि आइपिओ बिक्रीमा ल्याएको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो । हाइड्रोपावरले १ सयअंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर बिक्रीमा ल्याएको छ । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपिओलाई इक्रा एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?