नागरिक उन्मुक्तिको संसदीय दलको नेताबाट रामेश्वरलाई हटाइयो, प्रमुख सचेतक पनि फेरिए

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले रामेश्वर चौधरीलाई संसदीय दलको नेताबाट हटाउँदै घनश्याम चौधरीलाई जिम्मेवारी दिएको छ ।

बैठकमा रामेश्वर चौधरी भने उपस्थित हुनुहुन्थ्यो । सात जना प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीमा चार जनाको हस्ताक्षरसहित संसदीय दलको नेता परिवर्तन गरेको सूचना प्रदेश सभा सचिवालयमा दिइएको छ ।

त्यस्तै प्रमुख सचेतकको जिम्मेवारी खुसीराम चौधरीलाई दिइएको छ । यसअघि लक्ष्मण किशोर चौधरी प्रमुख सचेतक हुनुहुन्थ्यो। सचेतकको जिम्मेवारी कैलाश चौधरीलाई दिइएको छ ।

संसदीय दलको नेतासहित अन्य जिम्मेवारी परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित हुनु हुन्थ्यो ।

इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर गर्नुभयो । त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित हुनुहुन्न थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?