नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सक्सेनाको साथ बाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?