काठमाडौं । ग्लोबल आइएमई बैंक १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । छात्रवृत्ति कार्यक्रम अन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा छ उत्तीर्ण गरी कक्षा सातमा प्रवेश गरेका विपन्नवर्गका ३५ जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको हो ।
छात्राहरूलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जनाएको छ । कार्यक्रमअन्तर्गत बैैंकले प्रत्येक प्रदेशबाट पाँच जेहेन्दार छात्रा छनौट गरी जम्मा ३५ जना छात्रालाई वर्षको १२ हजारका दरले छात्रवृत्ति प्रदान गर्नेछ । कार्यक्रम अन्तर्गत बैंकले हालसम्म एक सय पाँच जनालाई उक्त छात्रवृत्ति व्यवस्था गरी छात्राको शैक्षिक गुणस्तरमा योगदान गरिरहेको छ ।
समाजको विकासमा शिक्षाको महतवपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै महिलाहरू आर्थिक रूपमा सबल हुनसमेत मद्धत पुग्ने भएकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्रालाई न्यूनतम् विद्यालय शिक्षा पूरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ ।
बृहत् रक्तदान कार्यक्रम आयोजना
ग्लोबल आइएमई बैंक वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रूपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको बैंकले मंगलबारै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।
कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेस प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रूपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगञ्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
देशभर आयोेजित कार्यक्रममा नौ सय २७ रक्तदाताबाट चार सय ३९ लिटर रगत संकलन भएको बताइएको छ । त्यसैगरी निःशुल्करूपमा सात सय ८३ जनाको आँखा जाँचका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरिएको पनि बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच