मौरीबजारमा बस दुर्घटना : ३२ जना घाइते

रासस
Read Time = 1 min

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । शत्र जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

घाइते हुनेमा बसचालक कास्कीको अन्नपूर्ण गाउँपालिका-६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठ सहित अन्य यात्रु रहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?