
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लस पलमासविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बर्सिलिनाले लस पलमसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाका लागि खेलको ९३औं मिनेटमा इके गुनडोगानले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै जित दिलाएका थिए ।
यसअघि लस पालमसले खेलको १२औं मिनेटमा मुनिर एल हाड्डाडीको गोलमा शुरुवाती अग्रता लिएर बार्सिलोनालाई दबाबमा राखेको थियो । त्यसपछि बार्सिलोनाका लागि फेरान टोरेजले खेलको ५५औं मिनेटमा गोल गर्दै खेलमा फर्काएका थिए ।
यस खेलमा लस पलमासका डाले सिंकगराभेनले खेलको ९१औ मिनेटमा रातो कार्ड पाएका थिए । यो जितपछि बार्सिलोनाको १९ खेलमा ४१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । लस पलमासको भने १९ खेलमा २५ अंक रहेको छ र लिगमा १०औं स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच