कर्णालीको रैथाने उत्पादन बजारीकरण हुँदै

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथाने बालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दनाथ सहकारीद्वारा संचालित चन्दनाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथाने बालीको बजारीकरण गर्दै आएको छ । जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालिकोटमा उत्पादन हुने रैथानी बाली सिमि, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केटमार्फत् बजारीकरण गरी विक्रीवितरण गर्दै आएको चन्दननाथ अर्गानिक मिनिमार्केटका संचालक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको सुर्खेतमा समेत मिनिमार्केट संचालन गरेर रैथाने बालीको बजारीकरण गर्दै आएको छ । संचालक पाण्डेले भन्नुभयो,“ कृषकको अर्गानिक उत्पादन खरिदसहित हरियो मल सुपथ कम्पनीकै मुल्यमा विक्री गर्दै आएको छ । बजारमा प्रतिकेजी सय रुपियाँमा विक्रीहुने हरियो मल सहकारीले ६५ रुपियामाँ कम्पनीकै मुल्यमा विक्री गर्दै आएको छ । ” यो याममा पुस माघको महिना स्याउ काँटछाट, मलजल बगैचा व्यवस्थापन गर्ने सिजन सुरु भएकोले चितवनको एग्रो कियरबाट अर्गानिक बायो अल्गा हरियो मल विक्रीवितरण गर्दै आएको मिनिमार्केटका संचालक पाण्डेको भनाइ छ ।

मल खरिद गर्न पैसा नै चाहिन्छ भन्ने छैन । प्रतिकेजी ६५ रुपियाँ बराबर जिन्सी सामग्री अन्नबाली उपभोक्ताले दिएपनि हुने भएको छ । सहकारीले कम्पनीकै मुल्यमा विक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ । जुम्लाका १४ वटा सेवा केन्द्रमार्फत विक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ । सहकारीले १५ लाख ६७ हजार ७ सय रुपियाँमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो । नेपालका ठुला बजारमा ठुला मात्रामा विक्रीवितरण जुम्लामा उत्पादन हुने मार्सीधान बलाष्ट रोगले नष्ट हुने र उत्पादन निकै घट्ने भएकोले सहकारीले माघ महिनामा माटो परिक्षण शिविर संचालन गरिने चन्दननाथ सहकारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?