मतपत्र योग्यतामा कोलोराडोको निर्णय नमान्न सर्वोच्चलाई ट्रम्पको आग्रह

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडो अदालतको हालैको फैसलालाई नमान्न आग्रह गर्नुभएको छ ।

कोलोराडाले राज्यको २०२४ राष्ट्रपतिको प्राथमिक मतपत्रबाट हटाउने निर्णय गरेको थियो । दुई हप्ताअघि कोलोराडो सर्वोच्च अदालतले २०२४ रिपब्लिकन अग्रपंक्तिमा रहेका ट्रम्प ४-३ को भोटका साथ योग्य राष्ट्रपति पदका उम्मेद्वार नभएको फैसला गरेको थियो ।

कोलोराडो सर्वोच्च अदालतको निर्णयले पहिलो पटक अमेरिकी राज्यको अदालतले ट्रम्पलाई विरलै प्रयोग गरिएको विद्रोह खण्डलाई उद्धृत गर्दै २०२४ को राष्ट्रपतीय चुनावबाट अयोग्य ठहर्‍याउन सहमति जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?