शासन कहिले पनि जनताका लागि अभिशाप हुनुुहुँदैन । अभिशाप हुँदा शासनप्रति र शासकीय पद्यतिप्रति जनताको आक्रोश बढ्दै जाने गर्दछ । त्यसैले गणतन्त्रलाई व्यवस्थित गर्न विकास नै एकमात्र साधन बन्नु आवश्यक मानिएको हुन्छ । गणतन्त्रप्रति जनताको प्रश्न उठन थाल्यो भने विद्रोह जन्मन्छ । त्यो विद्रोह व्यवस्थाप्रति मात्र होइन व्यवस्था चलाउने शासकहरूमाथि पनि खनिन्छ । त्यसैले गणतन्त्रको शासकीय पद्यति र त्यसले निर्वाह गर्ने भूूमिकाका सन्दर्भमा गणतन्त्रवादीहरू सचेत हुनुु आवश्यक मानिन्छ । गणतन्त्रमाथि जनताको निराशालाई कसैले पनि रोक्न सक्दैन । अन्ततः गणतन्त्र नै समाप्त भएर जाने हो । गणतन्त्रको विकल्प पुरानो सत्ता हो अन्य होइन । कुनै पनि राज्यमा गणतन्त्रको विकल्प छैन तर सत्ताका भोका पिपासुुबाट गणतन्त्र आफैंमा धरापमा पर्ने निश्चित प्रायः हुने गर्दछ ।
महाभारतमा युुद्ध जितेपछि हस्तिनापुरका शासक युधिष्ठिरले गणतन्त्रका बारेमा आफ्ना पितामह भीष्मसित प्रश्न गरेका छन् । ती प्रश्नको उत्तर भीष्मले बडो सहज तरिकाबाट दिएका छन् । गणतन्त्रका जनता विकासप्रेमी, राष्ट्रवादी र देशप्रेमी हुन्छन् । उनीहरूभित्र गणतन्त्रप्रतिको माया र देशभक्तिको भावना रगतका प्रत्येक थोपामा छताछुल्ल बनेर बगेको हुन्छ । त्यसैले गणतन्त्रमा जनताभन्दा बढी जिम्मेवार शासक हुनुु अनिवार्य मानिन्छ ।
गणतान्त्रिक राज्यका जनता आफ्नो उन्नति गर्दछन् । आफूूबीचमा फुट हुन दिँदैनन् । शत्रुुमा विजय प्राप्त गर्दछन् । जुन उपायबाट भए पनि विदेशी राष्ट्रसित मित्रवत् व्यवहार गर्दछन् यी सबै कुरा सुुन्न मेरो इच्छा छ । यही हो गणतन्त्रको मूल चुरो र स्वर पनि ।
युधिष्ठिरको प्रश्न
गणतन्त्र विकसित शासन पद्यति मानिन्छ । आजकलको राजनीतिले गणतन्त्रलाई पश्चिमा राजनीतिको देन मानेको छ । तर गणतन्त्र हाम्रो पूूर्वको शासकीय पद्यति हो जसमा जनता नै सर्वोपरि स्थानमा रहेका हुन्छन् । शासक त गणतन्त्रमा जनताको प्रतिनिधिमात्र रहने गरेको हुुन्छ । युधिष्ठिर भन्छन् :
यथा गणाः प्रवर्धन्ते न भिद्यन्ते च भारत
अरींश्च विजिगीषन्ते सुुहृदः प्राप्नुुवन्ति च ।।
गणतान्त्रिक राज्यका जनता आफ्नो उन्नति गर्दछन् । आफूूबीचमा फुट हुन दिँदैनन् । शत्रुुमा विजय प्राप्त गर्दछन् । जुन उपायबाट भए पनि विदेशी राष्ट्रसित मित्रवत् व्यवहार गर्दछन् यी सबै कुरा सुुन्न मेरो इच्छा छ । यही हो गणतन्त्रको मूल चुरो र स्वर पनि । गणतन्त्रका जनता विकासप्रेमी राष्ट्रवादी र आपसमा मिलेका हुन्छन् । गणतन्त्रका जनताको मूल आधार देशको विकास शासकीय पद्यतिको रक्षा हो । यसैका लागि गणतन्त्रका जनता मूलरूपमा आफूलाई समर्र्पित गरेका हुन्छन् । यदि गणतन्त्रलाई सुुदृढ बनाउन चालिने हरेक कदम देश र जनताप्रति निहीत हुनुु आवश्यक मानिन्छ । गणतन्त्रमा फुुट देखियो भने शासकीय पद्यति नै कमजोर हुने र शासनमा गति नआउने तर्कलाई युुधिष्ठिरले प्रश्नका माध्यमबाट बाहिर ल्याएका छन् ।
पितामह भीष्मको उत्तर
उन्नति र देशको विकास गणतन्त्रको पहिलो शर्त भीष्मले मानेका छन् । विकासका लागि सर्वप्रथम ज्ञानलाई जीवित राख्न आवश्यक मानिएको छ । ज्ञान र ज्ञानले भरिएका व्यक्ति प्राज्ञप्रति गणतन्त्र अनुुदार बन्यो भने गणतन्त्र नै खतराले भरिने सङ्केत राख्दै भीष्म भन्छन्
ज्ञानबृद्धाः प्रशंसन्ति शुुश्रुुषन्तः परस्परम्
विनिवृत्ताभि संधानाः सुुखमेधन्ति सर्वशः ।।
ज्ञानले वृद्ध भएका मानिसले गणतन्त्रका जनताको प्रशंसा गर्दछ । सङ्घमा बाँधिएका मानिसहरू एकआपसमा अरूलाई ठग्ने प्रयत्नमा लाग्दैनन् । एकले अर्काप्रति सेवाको भाव राखेर सुखपूूर्वक उन्नति गरेका हुन्छन् । ज्ञानको सम्मानलाई गणतन्त्रको पहिलो आधार भीष्मले मानेका छन् । शासकले वा शासनमा बस्ने व्यक्तिले प्राज्ञ तथा बुुद्धिजीवीको सम्मान गरेमा मात्र उसले राज्य सञ्चालनको आधार पाउने गर्दछ । एकले अर्कालाई ठग्दैन । भ्रष्टाचारले ठाउँ पाउँदैन ।
एकअर्काप्रतिको विश्वास दृढ भएर गएको हुन्छ । गणतन्त्रको शासक विद्वान्को सम्मानमा कहिले पनि चुुक्नुु हुँदैन । यदि चुुक्यो भने गणतन्त्रमा हुने विकास विनाशको कारण बनेर उपस्थित भएको हुन्छ । यसका साथै भीष्म भन्छन् :
प्राज्ञान् शूरान् महोत्साहान् कर्मषुु स्थिरपौरुषान्
मानयन्तः सदा युुक्ता विवर्धन्ते गणा नृप ।।
भीष्म युुधिष्ठिरलाई सम्बोधन गर्दै भन्छन् हे राजन ! सङ्घराज्यका सदस्य (शासक) ले बुुद्धिमान्, शुरवीर, उत्साही र सबै कार्यमा कुशल तथा दृढताका साथ आफूूलाई प्रस्तुत गर्ने व्यक्तिलाई सदा सम्मान गर्दछन् । सम्मानसाथ पाइने राज्यसञ्चालनका आधारले उनीहरू सदा प्रगतिको पथमा क्रियाशील रहेका हुन्छन् । गणतन्त्रमा विद्वान्ले सम्मान पाएको हुन्छ । विवेक, सत्य तथा निष्ठावान् व्यक्ति गणतन्त्रको विकासका लागि उत्तम व्यक्ति ठहरिने गरेको हुन्छ ।
यदि गणतन्त्रका शासकले सत्ताको सुख र सुुविधाका नाममा मनपरितन्त्र चलाएमा गणतन्त्र नै खतरामा पर्ने सङ्केत भीष्मले गरेका छन् । त्यसैले गणतन्त्र शासकको मर्जी र इच्छाबाट चल्ने शासन होइन । यो त जनताको अभिमतबाट सञ्चालन हुने शासकीय प्रणाली हो । यसमा सबैभन्दा अग्रस्थानमा जनता रहने तर्कलाई भीष्मले भनेका छन् । गणराज्य मिलेर सङ्घ बन्ने हुनाले सङ्घको सञ्चालन गर्ने शासकले नै गणतन्त्रको विकासका लागि आफूलाई सदा समर्पित गर्नु अनिवार्य मानिएको छ ।
महाभारतकालीन गणतान्त्रिक व्यवस्थाको यो पहिचान तत्कालीन समयको हो । युद्ध लडेर प्राप्त गरेको राज्यलाई र राज्यका सबै अङ्गलाई कसरी सञ्चालन गर्ने भन्ने आधार पनि हो । युुधिष्ठिरको चिन्ता शासक भएर मैले जनताको मर्म बुुझ्न सकिन भने जनतामा आउने असन्तुुष्टिले राज्यका सबै अङ्गलाई समाप्त पार्दछ भन्ने विश्वास पनि हो । यही विश्वासमा अडेको शासकीय पद्यति हो गणतन्त्र ।
अभिशाप नबनोस् गणतन्त्र
युुधिष्ठिर युुद्ध जितेर हस्तिनापुरका शासक बने । हाम्रो देशका प्रधानमन्त्री पनि आफूलाई यु्ुद्ध जितेर आएको प्रधानमन्त्री भन्न रुचाउँछन् । युुद्ध आफैंमा जटिल र भयानक हुन्छ । त्यही भयानक युुद्ध जितेर आएका यो देशका प्रधानमन्त्रीले बोल्ने भाषामा गणतन्त्र खतरामा छ भन्ने अभिव्यक्ति दिने गरेका छन् । वर्तमान शासन व्यवस्थामा भूूतपूूर्व राजाले शासन आफ्नो हातमा लिनसक्ने आधार कहीँ कतै देखिँदैन । तर, प्रधानमन्त्री र अन्य राजनीतिक दलका उच्चपदस्थ व्यक्तिहरू गणतन्त्र खतरामा छ भन्दै अलाप्न थालिरहेका छन् । गणतन्त्रप्रति नेपाली जनता सदा आस्थावान देखिएका छन् । केही असन्तुुष्टि बाहिर आएको छ । त्यो असन्तुुष्टि गणतन्त्रविरुद्धको वमन होइन । त्यो असन्तोष र त्यसले दिने गरेका घटनाको फेरिहस्त नेपालका राजनीतिक दलप्रतिको हो भन्ने प्रष्ट देखिएको छ ।
काठमाडौंको मुुटुुमा मन्त्रीलाई धक्कामुुक्का गरिन्छ । मन्त्रीको सवारीसाधनमा आगजनी गरिन्छ । त्यो पक्कै पनि अराजकता हो । त्यो अराजकता आउन दिने अवस्था कसले सिर्जना गरेको हो ? आन्दोलनमा उत्रेका भिडको जात, थर र लक्ष्य केही हुँदैन । यो जान्दाजान्दै पनि मन्त्री त्यो मार्गमा आफ्नो सान देखाउँदै किन हिँडे । त्यसको जवाफ खोज्नुु आवश्यक छ । सुुरक्षाकर्मीलाई गोली चलाउने आदेश किन दिइयो । सुुरक्षाकर्मी संवेदनशील नबनेर संवेदनहीन किन बन्यो ? सामान्य जागिर खाएको व्यक्तिलाई कार्बाही गर्दैमा घटनाको विवरणले उद्देश्यमूलक समाधान पाउँदैन । जनता किन यतिबिघ्न रिसाए शासन गर्ने व्यक्ति वा मन्त्रीसित यो खोज्नुु अनिवार्य छ ।
जनताबाट चुुनिएका प्रतिनिधिबाट नै देशको विकास र उन्नतिमा कदम चाल्ने हो । विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ भन्ने आधार लिएर विद्यार्थी सडकमा बस्छ । राज्य नियुुक्त गर्न सकिरहेको छैन । राज्यले प्राज्ञ भेट्न सकेन वा सबै प्राज्ञहरू दलसित जोडिएका छन् भन्न गारो छ ।
यी तमाम प्रश्नहरूको समाधान गहन तरिकाले खोज्नुु अनिवार्य देखिएको छ । कोरियाले सोह्रहजार हाराहारीमा कामदार लैजाने ठाउँमा एक लाखभन्दा बढीले काममा जाने इच्छा व्यक्त गर्नुले पनि गणतन्त्रको खिल्ली उडाएको होइन र ? दश जोड दुुई पास गरेर जाने काममा स्नातकोत्तर गरेको व्यक्ति जान तयार किन देखियो यसको जवाफ खोज्ने आधार खोइ ? राजनीतिलाई मागी खाने भाँडो बनाएका राजनीतिक दलका नेता र कार्यकर्ता कहिले मेची महाकाली यात्रामा मस्त छन् कहिले नारायणगढ बुुटबल पैदल यात्रामा रमाएका छन् । जनताको सुख र सुुविधाका नाममा आफू र आफन्तलाई पोसेका छन् । यही व्यवहारले गणतन्त्रको असल शासन पद्यतिले निकास पाउँछ र !
गणतान्त्रिक सरकार आर्थिक सुुधारको बखान गर्छ । उद्योगी, व्यापारी आर्थिक सुुधार नभएको तर्क राख्छ । यो विषमता किन ? सराकार र उद्योगीका बिचमा समझदारी किन हुन सकेन । सत्य सरकार हो कि व्यापारी हो ? जनतालाई सत्य कसले बताउने । चर्को व्याज खाने उद्देश्य लिएर वचत गरेको जनताको पैसा सहकारी सञ्चालकले खाए । सहकारीका सञ्चालनकर्तालाई कारबाही किन गरिएन । सहकारीबाट मनग्ये ऋण लिएर भाषण गर्दै हिँड्ने नेतालाई उच्च मान्ने हामी नेपालीको अवस्था कस्तो हो । युुवापुुस्तामा गणतन्त्रप्रति विश्वास छ । नेपालका यी राजनीतिक दलबाट नै देशले निकास पाउँछ भन्नेमा विश्वास छ । निकास जनताले दिने होइन । कानुुन जनताले निर्माण गर्ने पनि होइन ।
जनताबाट चुुनिएका प्रतिनिधिबाट नै देशको विकास र उन्नतिमा कदम चाल्ने हो । विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ भन्ने आधार लिएर विद्यार्थी सडकमा बस्छ । राज्य नियुुक्त गर्न सकिरहेको छैन । राज्यले प्राज्ञ भेट्न सकेन वा सबै प्राज्ञहरू दलसित जोडिएका छन् भन्न गारो छ । विश्वविद्यालयका पदाधिकारी प्रशासनिक पद हुुन् । प्राज्ञ मात्रले विश्वविद्यालय चलाउँछन् भन्ने होइन । जो नियुुक्त गरे पनि त्यसलाई काम गर्ने वातावारण प्राध्यापक, कर्मचारी र विद्यार्थीले दिनुु आवश्यक हो ।
राजनीतिका बाटाहरू र विकासका पाटाहरूमा सुधार नभएको होइन । सबै क्षेत्रमा राजनीतिको प्रवेश र अनावश्यक दबाबका कारण अस्तव्यस्तमात्र बनेको हो । यो अस्तव्यस्तको अवस्थालाई सुुधार्ने वाचासहित राजनीतिक प्रतिबद्धताको आवश्यकता नेपाली जनताले खोजेका मात्र हुन् । गणतान्त्रिक व्यवस्थामा एकअर्काप्रति विश्वास तथा दृढ आत्मबलको आवश्यक रहेको महसूुस जनताले गरेका मात्र हुुन् । त्यसैले राजनीतिमा सुुधार ल्याएर, भ्रष्टाचारीलाई सजाए दिएर, सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप नगरेमा गणतन्त्र कहिले पनि खतरामा पर्दैन प्रधानमन्त्रीज्यू ! व्यवस्था उत्तम छ तर यसको सञ्चालन प्रक्रिया राजनीतिक दलका नेताले नै जटिल बनाएका हुन् । गणतन्त्रमा अनास्था राख्ने जमात आफैं हराएर समाप्त हुुनेछ । त्यसैले गणतन्त्रप्रतिको आस्था विश्वासमा टिकेका नेपाली जनताको संरक्षण गर्ने काम शासकको हो । शासकले गणतन्त्रमा आफूलाई जीवन्त राख्न आवश्यक छ । नेपालको गणतन्त्र कहिले पनि अभिशाप नबनोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच