बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीको अग्रता कायमै

Read Time = 1 min

महोत्तरी । बर्दिबास नगरपालिकामा २ हजार ५ सय ६२ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार प्रह्लाद क्षेत्रीले अग्रता कायम राख्नुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई १० मतले पछि पार्दै अहिलेसम्म प्रह्लाद क्षेत्रीले ७५७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका टेक बहादुर बलाम्पाकीले ७४६ मत प्राप्त गर्नुभएको छ ।

वडा न ८ को मतगणना गर्दा वडामा माओवादी केन्द्रले विजय हासिल गरेको छ । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रुद्र किङरिङलाई ९ मतले पछि पार्दै माओवादी केन्द्रका समसेर सिंह लामाले जित हासिल गर्नुभएको हो ।

सम्सेर सिंह लामाले ७५३ मत ल्याउँदा एमालेले ७४४ मत ल्याएको छ ।

उपमेयरमा भने अहिलेसम्म नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ६५८, माओवादी केन्द्रले ५२९ प्राप्त गरेका छन् ।
विशाल बस्नेत/न्युज कारखाना

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?