बाजुरामा भूकम्पको धक्का

हिमालय टाइम्स
Read Time = 1 min

बाजुरा । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?