नेवार सुन्दरीहरूले मनाए यःमरि पुन्हि

Read Time = 2 mins

काठमाडौं । नेवार सुन्दरीहरूले यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका छन् । नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको मिस नेवाः नेपाल, मिस लिटिल नेवाः र किड क्विनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटिल नेवाः का प्रतियोगीहरूले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका हुन् ।

राजधानीको डिल्लीबजारस्थित नेप्लिज फेसन होमको कार्यालयमा रहेको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरूले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र खुवा राखेर यःमरि बेरेको दृश्य रोचक देखिन्थ्यो । उनीहरूले यःमरि पकाई एकअर्काका साथमा अतिथिहरूलाई चखाएका थिए ।

आयोजक हेमा मानन्धरले यःमरि पुन्हि नेवारी चाड पर्वमध्येको महत्वपूर्ण पर्व भएकाले हरेक वर्ष यःमरि पुन्हिका अवसरमा नेवार सुन्दरीहरूलाई यःमरि बनाउन सिकाएर र एकअर्कालाई खुवाएर यो दिवस मनाउने गरेको बताउनुभयो । उहाँले यःमरि संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । ‘हिजोआज कतिपय नेवारको घरमा यःमरि बनाइँदैन । जसले गर्दा यो संस्कृति नै लोप हुने खतरा बढेको छ । यसको संरक्षणका लागि हामीले हरेक वर्ष यो कार्यक्रम गर्दै आएका हौँ,’ हेमाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?