सप्तरी । धनुषाका १८ पालिकाहरू मध्ये १६ वटै पालिकाहरूमा मात्रै विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिहरूबाट उक्त बेरुजु रकम ६ अरब ६७ करोड ७ लाख ५० हजार रुपैयाँ असुल गर्नु पर्ने महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले देखाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ । सोही ऐनको दफा ८४ (२) (घ) बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भएपनि कुनैपनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्ने तर्फ तदारुकता नदेखाएको महालेखाको प्रतिवेदनले पुष्टि गरेको छ ।
महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन ०७९ अनुसार सबैभन्दा बढी सबैला नगरपालिकाको ९४ करोड ५१ लाख ४१ हजार रुपैयाँ बेरुजु छ । साथै दोस्रोमा हंसपुर नगरपालिका ७२ करोड ८३ लाख ४९ हजार बेरुजु देखिएको छ भने प्रादेशिक राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिका ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको छ ।
यर्सै गरी सबैला नगरपालिकामा पनि गत वर्ष सम्म ८५ करोड ११ लाख ५३ हजार बेरुजु देखिएको देखिएको छ भने विगत वर्ष देखी हाल सम्म अद्यावधिक भएको बेरुजु रकम ९४ करोड ५१ लाख ४१ हजार रहेको लेखा परीक्षण उल्लेख छ ।
धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको गत आर्थिक वर्ष सम्म रु १ अर्ब ५ करोड ६३ लाख २७ हजार बेरुजु रहेकोमा २०७८÷०७९ मा ३४ करोड १५ लाख ९० हजार बेरुजु फछर्यौट गरेर हालसम्मको अद्यावधिक गर्दा ७१ करोड ४७ लाख ३७ हजार बेरुजु देखिएको परीक्षकको प्रतिवेदन २०७९मा उल्लेख छ ।
क्षीरेश्वरनाथ नगरपालिकाको अघिल्लो आर्थिक वर्ष सम्ममा विभिन्न शीर्षकमा गरि ३ करोड ९२ लाख ७४ हजार बेरुजु देखाएकोमा २०७८÷०७९ सम्ममा १८ करोड ५० लाख ८० हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
गणेशमान चरनाथ नगरपालिकाको गत वर्षमा सम्म ३३ करोड ५७ लाख ८० हजार बेरुजु बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फर्छ्यौट गर्दा सम्मको अद्यावधिक गर्दा ५२ करोड ५३ लाख १७ हजार रहेको छ ।
धनुषाधाम नगरपालिकामा विगतका वर्षको १८ करोड २९ लाख ४७ हजार रहेको महालेखाको प्रतिवेदनले देखाएको छ भने २०७८÷०७९मा मात्रै लेखा परीक्षण बाट २२ करोड ८६ लाख ९२ हजार बेरुजु देखिएको उल्लेख छ ।
त्यस्तै नगराइन नगरपालिकामा गत वर्ष सम्म रु २१ करोड ९ लाख ५५ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक वर्ष २०७८/०७९मा समायोजन र सम्परीक्षणबाट फर्छ्यौट गर्दा हाल सम्मको कायम भएको अद्यावधिक बेरुजु ३० करोड ३८ लाख ८० हजार रहेको उल्लेख छ ।
यता मिथिला नगरपालिकामा गत वर्ष सम्म ३० करोड ५९ लाख २२ हजार बेरुजु रहेकोमा आर्थिक वर्ष २०७८/०७९ सम्ममा आई पुग्दा अद्यावधिक बेरुजु ४२ करोड २९ लाख ५५ हजार रहेको छ ।
यसै गरी मिथिला बिहारी नगरपालिकामा गत वर्ष सम्मको लेखा परीक्षण बाट ३१ करोड २१ लाख ८८ हजार बेरुजु रहेको उल्लेख छ । हालसम्मको अद्यावधिक बेरुजु ३३ करोड २६ लाख २६ हजार रहेको महालेखाले जनाएको छ ।
यसै गरी मुखियापट्टी मुसहरनिया नगरपालिकामा गत वर्ष सम्मको बेरुजु रकम १९ करोड १० लाख ६६ हजार लेखापरीक्षणबाट देखिएको छ । प्रत्येक वर्षको बेरुजु अद्यावधिक हुँदै २४ करोड ५९ लाख ८६ हजार पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
यता विदेह नगरपालिकामा गत वर्ष सम्मको लेखा परीक्षणबाट ३७ करोड ४४ लाख ५६ हजार बेरुजु देखिएको छ । हाल सम्म अद्यावधिक हुँदै आउँदा ४६ करोड १४ लाख ५९ हजार पुगेको उल्लेख छ ।
यसै गरी शहिदनगर नगरपालिकामा गत वर्षको लेखा परीक्षण केलाउँदा ४२ करोड २ लाख ३८ हजार बेरुजु देखिएकोमा समायोजन र सम्परीक्षणबाट १ करोड १० लाख ६३ फर्छ्यौट भएको देखिन्छ भने हाल सम्म अद्यावधिक भएको बेरुजु ५९ करोड ७२ लाख ६८ हजार रहेको उल्लेख छ ।
यता हंसपुर नगरपालिकामा ६४ करोड ३५ लाख १६ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु ७२ करोड ८३ लाख ४९ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
औरही गाउँपालिकामा गत वर्ष सम्मको लेखा परीक्षणले १२ करोड ४६ लाख २१ हजार बेरुजु देखिएको छ भने हालसम्मको अद्यावधिक बेरुजु २० करोड ९ लाख ११ हजार रहेको छ ।
यसै गरी जनकनन्दिनी गाउँपालिकामा गत वर्ष सम्म रु १४ करोड ८७ लाख ८ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक गर्दा १७ करोड ९४ लाख १२ हजार बेरुजु रहेको महालेखा प्रतिवदेनमा उल्लेख छ ।
बटेश्वर गाउँपालिकामा २६ करोड ३० लाख ४१ हजार गत वर्ष सम्मको बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ भने विगत देखी हालसम्मको अद्यावधिक गर्दा ३३ करोड ४० लाख ८६ हजार बेरुजु पुगेको प्रतिवेदले देखाएको छ ।
यता लक्ष्मीनियाँ गाउँपालिकामा पनि गत वर्ष सम्मको लेखापरीक्षण प्रतिवेदनका अनुसार १९ करोड ३५ लाख ८ हजार बेरुजु देखिएको छ । साथै हाल सम्मको अद्यावधि बेरुजु २६ करोड ४९ लाख १० हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
फछर्यौट गर्न बाँकी रहेको सम्पूर्ण रकम असुल फछर्यौट गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
जिल्लाका कमला नगरपालिका र धनौजि गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ लेखा परिक्षण प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको छैन ।
तसर्थ अघिल्लो आर्थिक वर्ष अर्थात २०७७।०७८ मा दुई पालिकामा लेखा परिक्षण प्रतिवेदनले देखाएको बेरुजु रकम के कति फछर्यौट भयो भएन सो को यकिन गर्न सकिएन । १८ पालिकाहरू मध्ये १६ वटा पालिकाहरूकाे मात्रै बेरुजु रकम प्रस्तुत गरिएको छ । ।
महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष २०७७।०७८ को आधारमा २०७८ आषाढ ३१ गते प्रकाशित वार्षिक लेखापरीक्षण प्रतिवेदनमा कमला नगरपालिकाको ५० करोड ५२ लाख ७३ हजार बेरुजु देखिएमा २०७८।०७९ कति फछर्यौट भयो भन्ने कुरा लेखापरीक्षण प्रतिवेदन सार्वजनिक नहुदाँ यकिन गर्न नसकिएको हो ।
त्यस्तै धनौजि गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ लेखा परिक्षण प्रतिवेदन महालेखा परीक्षकको कार्यालयले सार्वजनिक नगरेका कारण २०७८।०७९ कति फछर्यौट भयो भन्ने नहुदा यकिन गर्न नसकिएको हो ।
धनुषाका स्थानिय तह | अद्यावधिक बेरुजु |
सबैला नगरपालिका | ९४ करोड ५१ लाख ४१ हजार |
हंसपुर नगरपालिका | ७२ करोड ८३ लाख ४९ हजार |
जनकपुरधाम उपमहानगरपालिका | ७१ करोड ४७ लाख ३७ हजार |
क्षीरेश्वरनाथ नगरपालिका | १८ करोड ५० लाख ८० हजार |
गणेशमान चरनाथ नगरपलिका | ५२ करोड ५३ लाख १७ हजार |
धनुषाधाम नगरपालिका | २२ करोड ८६ लाख ९२ हजार |
नगराइन नगरपालिका | ३० करोड ३८ लाख ८० हजार |
मिथिला नगरपालिकामा | ४२ करोड २९ लाख ५५ हजार |
मुखियापट्टी मुसहरनिया नगरपालिका | २४ करोड ५९ लाख ८६ हजार |
मिथिला बिहारी नगरपालिका | ३३ करोड २६ लाख २६ हजार |
विदेह नगरपालिका | ४६ करोड १४ लाख ५९ हजार |
शहिदनगर नगरपालिका | ५९ करोड ७२ लाख ६८ हजार |
औरही गाउँपालिका | २० करोड ९ लाख ११ हजार |
जनकनन्दिनी गाउँपालिका | १७ करोड ९४ लाख १२ हजार |
बटेश्वर गाउँपालिका | ३३ करोड ४० लाख ८६ हजार |
लक्ष्मीनियाँ गाउँपालिका | २६ करोड ४९ लाख १० हजार |
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच