यश कुमार र अनु चौधरीको स्वरमा ‘सुस्तरी सुस्तरी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यश कुमार र अनु चौधरीको स्वरमा रहेको गीत ‘सुस्तरी सुस्तरी’ सार्वजनिक भएको छ । यश कुमारको अफिसियल युट्युब च्यानलमार्फत् उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यश कुमारकै संगीत रहेको गीतमा एसके बच्चाको संगीत संयोजन छ । गीतमा सडकमा मकै बेचेर गुजारा गरिरहेकी युवती र नगर प्रहरीबीचको प्रेमसम्बन्धलाई प्रस्तुत गरिएको छ ।

निकेश खड्काले निर्देशन गर्नुभएको म्युजिकल चलचित्र भनिएको गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाको पनि अभिनय छ । उत्तम हुमागाईंंको छायांकन रहेको गीतमा विकास धमलाको सम्पादन छ । गीतको कथा यश कुमारले नै तयार पार्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?