खाद्यद्वारा खसीबोका बिक्री सुरु, नौ करोडभन्दा बढीको मासु खपत हुने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बुधबारदेखि दशैँका लागि खसी, बोका र च्यांग्राको बिक्री सुरु गरेको छ । बिहान ९ बजेदेखि कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सहुलियतको जिउँदो खसी, बोका र च्यांग्रा बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिनुभएको हो ।

जिउँदो च्यांग्रा प्रतिकेजी मूल्य १२ सय ६० र खसी-बोकाको मूल्य ६८० रुपैयाँ प्रतिकेजीमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ । छुटपछि खसी र च्यांग्राको खुद्रा मूल्य क्रमशः ६७० रुपैयाँ र १२ सय ५० रुपैयाँ रहेको छ । यसपटक तीन हजार खसी-बोका किन्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । खाद्यले हरेक वर्ष नेपालमा सबैभन्दा बढी मासुको खपत दशैँको सात दिन अवधिमा हुन्छ । पशु सेवा विभागका अनुसार दशैँमा अन्य समयभन्दा मासुको खपत झण्डै आठ गुणाले बढी हुने गरेको छ । सप्तमीदेखि प्रतिव्यक्ति मासुको उपभोग दर दैनिक २८ ग्रामबाट बढेर सरदर २१२ ग्रामसम्म पुग्छ ।

दशँैमा उपत्यकासहित देशभर गरी राँगा, माछा, खसी/बोका र च्याङग्राको नौ करोड १९ लाख छ हजार केजी मासुको खपत हुन्छ । जसको बजार मूल्य ७५ अर्ब ५६ करोड २० लाख ८० हजार रुपैयाँ हुन आउँछ । उपत्यकासहित देशभर साढे ७५ अर्ब रुपैयाँको मासु खपत हुने विभागको भनाइ छ ।

यसपटक अधिकांश नेता मत माग्दै दशैँमा गाउँ झर्ने र कार्यकर्तालाई रिझाउने उद्देश्यले खसी/बोकाको भोज भतेर गर्ने अवस्था रहेकाले मासु खपत अत्याधिक बढ्न सक्ने चौपाया खरिद बिक्री सेवा संघका पूर्वअध्यक्ष दीपक थापाले बताउनुभएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता चन्द्र ढकालका अनुसार दशैँमा पत्यकामा ५० हजार खसी/बोकाको माग हुन्छ भने उपत्यका बाहेकका क्षेत्रमा ३० लाख खसी/बोकाको माग हुन्छ । त्यस्तै पाँच हजार च्याङ्ग्रा खपत हुन्छ भने एक हजार पाँच सय राँगा पाडा खपत हुन्छ । त्यस्तै ४९ हजार हाँस, एक हजार २९५ बंगुर र ९१ हजार केजी माग हुने गरेको छ । सामान्य दिनमा उपत्यकामा दैनिक एक हजार एक सयदेखि एक हजार दुई सय खसी÷बोका खपत हुनेमा दशैँमा दैनिक सात हजार १४२ पुग्ने विभागले जनाएको छ । सरकारी तथ्यांकअनुसार दशैँमा उपत्यकासहित देशभर ३० लाख ५० हजार खसीबोका खपत हुन्छ ।

दशैँमा एक हजार पाँच राँगाको माग हुन्छ । राँगा व्यवसायी बुद्ध साहीका अनुसार ५० देखि ९० केजी, ९० देखि १७० केजी र दुई सयदेखि २५० केजी गरी तीन प्रकारका राँगा, पाडा र भैँसी माग हुने गरेको छ । पाडा र भैंसी जनही ७५ हजार रुपैयाँका दरले हिसाब गर्दा ११ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?