बस्तु चराउन गएका एक जनाको लडेर मृत्यु

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका –५ को भुवाँ गाउँमा बस्तु चराउन गएका एक जनाको लडेर मृत्यु भएको छ ।
सर्केगार्ड गाउँपालिका–५ को भुवा गाउँका ६२ वर्षका मानसिंह सार्कीको वनमा पशु चराउन गएको बेला दिउँसो १ बजेको समयमा झरो टिप्ने क्रममा सेलपंसा भीरमा चिप्लेर खस्दा घटना स्थलमै मृत्यु भएको गोठी गाउँका सूर्यबहादुर शाहीले बताउनुभयो ।

वनमा पशु चराउन गएका सार्की भीरमा चिप्लेर लडेर मृत्यु भएको हो । पशु चराई रहेको बेला घरमा उज्यालो गर्नका लागि सल्लाको झरो चिरेर टिप्ने क्रममा लडेर उहाँको घटना स्थलमै मृत्यु भएको हो ।

उक्त गाउँमा उज्यालोको अन्य व्यवस्था नभएपछि सल्लाको झरो निकालेर दियालो बालेर उज्यालो गरिन्छ । मृतक सार्की वडा नम्बर ५ कै धुमचुमी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

मृतक सार्की मस्टो देवताको धामी समेत हुनुहुन्थ्यो । सार्कीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?