मन्त्रीस्तरीय निर्णयबाट एकैपटक खानेपानी मन्त्रालयका सात सहसचिवको सरुवा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवको सरुवा गरेको छ।

मन्त्री महिन्द्रराय यादवले मन्त्रीस्तरीय निर्णय गर्दै खानेपानी विभागका महानिर्देशकसँगै मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशकसहित सात जना सहसचिवको सरुवा गर्नुभएको हो ।

खानेपानी विभागका महानिर्देशक रमाकान्त दुवाडीको विराटनगरस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा सरुवा भएको छ। विभागको महानिर्देशकको जिम्मेवारी मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई दिइएको छ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशकको जिम्मेवारी संघीय मामिला खानेपानी आयोजना विराटनगरका प्रमुख सुरत बमलाई दिइएको छ। सहसचिव बालमुकुन्द श्रेष्ठको संघीय आयोजना सुर्खेत, रामचन्द्र काफ्लेको बुटवल तथा प्रज्जव प्रजापतिको हेटौंडा र जक्की अहमदको जनकपुर सरुवा भएको छ।

गत वैशाख २४ गते नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीबाट खानेपानी मन्त्रालयको जिम्मेवारी पाएपछि उहाँले पहिलो पटक उच्चस्तरीय कर्मचारीको सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *