-प्रकाश नेपाल
इलाम । इलाम जिल्लाको १० वटै पालिकामा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङनामले जानकारी दिनु भएको छ । यो समाचार तयारपार्दा सम्म जिल्लभर करिव ५० प्रतिशत मत खसेको जनाइएको छ । मतदाता उत्साहका साथ आफ्नो नजिकको सरकार चयनको लागि मतदामा सहभागी भइरहेका छन । मतदान प्रकियामा जेष्ठ नागरिक अपाङ्ग भएका नागरिक सबैको उत्साजनक सहभागिता छ ।
जिल्लामा शान्ति सुरक्षाको अवस्था पनि चुस्त रहेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताउनु भयो ।
जिल्लाको ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाको ८१ वटा वडामा मतदान भइरहेको छ । निर्वाचन बाट ४ सय २५ जना प्रतिनिधी निर्र्वाचित हुनेछन । जसमध्य ५ जना सदस्य निविरोध भइसकेका छन । ४ सय २५ जनाको लागि १ हजार ३ सय १९ जना उम्मेद्धार चुनावी प्रतिस्पर्धामा छन ।
इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता रहेका छन । जसमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४ जना र महिला १ लाख ९ हजार १ स ९२ महिला रहेका छन भने २ जना अन्य छन । जिल्लाभर १ सय ५१ वटा मतदान स्थल र २ सय ८५ वटा मतदान केन्द्र रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच