नृत्य र फेसन सेन्सका लागि नोराको चर्चा

Read Time = 2 mins

मुम्बई । अभिनेत्री नोरा फतेही सधैँ आफ्नो ड्रेसिङ सेन्सलाई लिएर चर्चामा रहने गर्नुहुन्छ । हालै मुम्बईमा भएको एक कार्यक्रमको उहाँको भिडियो यतिबेला चर्चामा छ । यो भिडियोमा नोराले सेतो ‘सिक्वेन्स गाउन’ लगाउनुभएको छ, जसमा उहाँको सुन्दरता अझ निखारिएर देखिएको छ । सोसल मिडियामा उहाँको यस भिडियोले व्यापक तारिफ बटुल्न सफल भएको छ ।

उहाँका शुभचिन्तकले नोराको यो लुक्सलाई राम्रै तारिफ गरेका छन् । नोरा बलिउडमा कुशल नृत्यांगना र फेसन सेन्सका लागि परिचित हुनुहुन्छ । केही समयपहिला उहाँको एक गीतको भिडियो ‘अच्छा सिला दिया मेरे प्यार का’ सार्वजनिक भएको थियो, जसलाई दर्शकले औधी रुचाइरहेका छन् ।

यस्तै, गत वर्ष डिसेम्बरमा कतारको दोहामा भएको फिफा वल्र्ड कप २०२२ को समापन सेरेमनीमा नोराले आफ्नो प्रस्तुति दिनुभएको थियो । नोराले चलचित्र ‘थैंक गॉड’, ‘बाहुबली’,’ सत्यमेव जयते’, ‘मरजावां’ जस्ता धेरै चलचित्रमा ‘आइटम डान्स’ गर्नुभएको छ । नोराले बलिउडमा २०१४ मा आएको चलचित्र ‘रोअर : टाइगर्स अफ द सुन्दर वन’बाट आफ्नो करिअर सुरु गर्नुभएको हो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?