चन्द्रागिरी । बलम्बुस्थित फर्स्ट स्टेप प्री-स्कुलले आयोजना गरेकोे तीन दिवसिय स्पोर्टस् डे सम्पन्न भएको छ । विद्याथीहरूमा अन्तरनिहित खेल क्षमताको अभिबृद्धि गर्दै साना बालबालिकाहरूको मानसिक र बौद्धिक विकास गरि भविश्यमा स्वस्थ्य नागरिक र खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गरिएको स्पोर्टस् डे मा स्कुलमा अध्ययनरत प्रिस्कुल स्तरका विद्यार्थीहरू विच विभिन्न खेलमा प्रतिस्पर्धा गराईएको थियो ।
जसमा ३० मिटर खुल्ला दौड, चम्चा गुच्चा दौड, रिङ्ग दौड, रिले दौड, स्वीट्स दौड, वाटर फिलिङ, स्याक दौड, विडिङ, म्युजिकल चेयर, ब्याग प्याक, एरेन्जिङ लेटरको आयोजना गरि विद्यार्थीबीच फन गेमको रूपमा प्रतिस्पर्धा गराइएको थियो ।
विजयी खेलाडी तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई स्कुलकी प्रिन्सिपल कृष्णकला शर्मा पन्थी, खेल प्रशिक्षक उद्धव पौडेल, अभिभावक लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । सो अवसरमा स्कुलका शिक्षकहरूका बीच पनि म्युजिकल चेयरको आयोजना गरिएको थियो । जसमा सदीक्षा पौडेलले जित हात पार्नुभएको थियो ।
यो प्रतियोगिता आगामी माघमा आयोजना हुने दोस्रो नेपाल इन्टर प्री-स्कुल स्पोर्टसको तयारीको रूपमा समेत रहेको स्कुलकी प्रिन्सिपल शर्माले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच