काठमाडौं । शनिबार एक समारोहबीच साहित्यकार विजय चालिसेको अनुदित कथासंग्रह ‘अभिशप्त रात’ र बाजुराम पौडेलको उपन्यास ‘मखमली’ सार्वजनिक भएका छन् । काठमाडौं जोरपाटी ढोल्खुधारस्थित चालिसे कुलपूजा स्थलमा लोकार्पण भएका कृतिहरू चालिसको ‘अभिशप्त रात’ जापानी कथाहरूको अनुवाद हो भने पौडेलको उपन्यास ‘मखमली’ बालमनोविज्ञानमा आधारित उपन्यास हो ।
वरिष्ठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’को सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख अतिथि साहित्यकार तथा पूर्वप्रशासक नगेरन्द्रराज पौडेल रहनुभएको थियो । मेनका पोखरेल आचार्यको सहजीकरणमा सञ्चालित कार्यक्रममा साहित्यकार परशुराम परासरले स्वागत मन्तव्य राख्नुभएको थियो भने ललिता दोषी, रञ्जना लम्साल तथा शारदा पराजुलीले आख्यान वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथिलगायत लेखक अनुवादक तथा अतिथिबाट पुस्तकहरू लोकार्पण भएका थिए । लोकार्पित पुस्तकहरूमध्ये ‘अभिशप्त रात’ माथि साहित्यकार तथा पूर्वप्रशासक गोपी मैनालीले र ‘मखमली’ माथि साहित्यकार ठाकुर शर्मा भण्डारीले समीक्षा गर्नुभएको थियो । लेखक द्वय विजय चालिसे तथा बाजुराम पौडेलले पनि आआफ्ना पुस्तकको लेखन सन्दर्भसहित लेखकीय टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रा.डा.गोपाल भण्डारी, विश्वदीप भण्डारी र युवराज मैनालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका अन्त्यमा प्रमुख अतिथि पौडेलको मन्तव्यपछि सभापति घिमिरेले सभापतिको मन्तव्यसहित कार्यक्रमको समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच