
काठमाडौं । भानुभक्त कुभिण्डेलीको लावण्य-मञ्जरी महाकाव्य लोकार्पण भएको छ । रावा-कुभिण्डे सेवा समाज काठमाडौंद्वारा काठमाडौंमा आयोजित एक विशेष समारोहमा डा.केदार न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो ।
लोकार्पित कृतिमाथि वरिष्ठ छन्द कवि प्रहृलाद पोखरेल र कृष्ण प्रसाईंले समीक्षात्मक मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने प्राध्यापक डा.विष्णु राई, फित्कौली डटकमका प्रधान सम्पादक नरनाथ लुइँटेल, मुक्तिनाथ दर्शन साहित्य समाज, काठमाडौंका अध्यक्ष कलानिधि दाहाल, वरिष्ठ महाकाव्यकार चन्दप्रसाद न्यौपाने, बलराम पोखरेल, नारी स्रष्टा समाज कोशी प्रदेशकी अध्यक्ष ममता मृदुलले शुभकामना तथा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कल्पना भट्टराई र मीना अधिकारी (झापा) ले कुभिण्डेलीद्वारा रचित महाकाव्यको केही श्लोक वाचन गर्नुभएको थियो । सीताराम पोखरेलको सभापित्वमा भएको कार्यक्रम संस्थाका सचिव गिरिराज राईले सञ्चालन गर्नुभएको थियो भने कैलाश निरौलाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच