काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगले जनाएको छ ।
पुस २० गते प्रारम्भिक नामावली प्रकाशन गरेको आयोगले हिजोका मतदाता नामावलीमा दाबी, विरोध तथा कुनै त्रुटी भए सच्याउन समय दिएको थियो । उक्त समय सकिएपछि आयोगले आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।
यस्तै पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारी दर्ताको समय छ । उम्मेदवारको मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारी फिर्ता लिन चाहेमा पुस २७ गतेको दिन तोकिएको छ । आयोगले सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । आयोगकाअनुसार पुस २८ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख–उपप्रमुखको मतभार अलग–अलग हुन्छ । राष्ट्रिय सभा निर्वाचनको मतभार जनसंख्याका आधारमा निकालिन्छ । निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ ।
आगामी माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच